धरान: शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पुरै क्षेत्र र देवानगञ्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार राती आदेश जारी गर्दै अर्को सुचना नआएसम्मको लागि हरिनगर गाउँपालिका पुरै र देवानगञ्ज वडा १ र ७ मा कर्फ्यु यथावत रहेको जानकारी दिएका छन् । 

प्रशासनले अन्य पालिकाहरुमा भने आंशिकरुपमा कर्फ्यु लागु हुने जनाएको छ । प्रजिअ आचार्यले इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्जको वडा २, ३, ४,  ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केही खुकुलो बनाएको छ । यी क्षेत्रमा आज (शनिबार) राती ११ बजेदेखि आइतबार बिहान १० बजेसम्म आंशिकरुपमा कर्फ्यु लागु हुने प्रजिअ आचार्यले जानकारी दिएका छन् । 

शुक्रबार बिहानैदेखि धार्मिक तथा सामाजिक सद्भाव भड्किने गरि प्रर्दशन र हिंसाका घटनाहरु हुन थालेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो । 

cdo notice