धरान: धनकुटाको साँगुरीगढी गाँउपालीका ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको ठुलो परिमाणमा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । 

सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले गाँजा वरामद गरेको हो । राती करिब पौने ८ बजे भेडेटारको प्रहरी टोलीले चेकजाँचको क्रममा भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनिट्रकबाट गाँजा वरामद गरेको हो ।

gaja vedetar1 copy

मिनि ट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी गाँजा वरामद भएको भेडेटार प्रहरीले जनाएको छ । गाँजा र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रकका चालक तत्काल फरार छन् । फरार चालकको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

gaja copy