धरान: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मंगलबारदेखि शुरु भएको छ । 

मंगलबार चतराधामस्थित एक समारोहबीच उक्त मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । एक महिनासम्म हुने कुम्भमेला वैशाख २८ गतेसम्म जारी रहनेछ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेललाई महाकुम्भ मेला मुल आयोजक समितिको तर्फबाट नागरिक अभिन्दन समेत गरिएको थियो ।

उद्घाटन समारोहअघि राष्ट्रपति पौडेल र धर्मपत्नी सबिता पौडेलले सप्तकोशीमा जल अविषेक, पुजा आर्चना गुर्नका साथै कुम्भघडाको दर्शन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले धार्मिक मेला, पर्वले सद्भाव र भाईचारा बढाउने धारणा व्यक्त गरे । साथै उनले वराहक्षेत्र, चतराधाम, रामधुनी , पिण्डेश्वर मन्दिरको धार्मिक पर्यटनको क्षेत्रमा धेरै महत्व रहेको धारणा व्यक्त गर्दै राष्ट्रपति पौडेलले संरक्षण र संवद्र्धनमा लाग्नुपर्ने आवश्यता पनि औल्याएका थिए । 

kumva2

चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको पनि राष्ट्रपति पौडेलले बताए । यस्तै, उद्घाटन समारोहलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पिण्डेश्बर पुर्ण महाकुम्भ मेला मुल समारोह समितिका सहअध्यक्ष तथा बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की, नेपालका प्रथम जगदगुरु तथा कुम्भ मेला मुल समारोह समितिका अध्यक्ष बालसन्त मोहनशरणले पनि मन्तव्य व्यक्त गरेका थिए । 

महाकुम्भमा भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्था गरिएको छ भने कुनै समस्या आइपर्दा २४ सै घण्टा दमकल र दुईवटा एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ। कुम्भ मेलामा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायत देशबाट धार्मिक अगुवाको उल्लेखनीय सहभागिता रहने आयोजकको भनाई छ । 

kumva mela1

अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्व र महिमा ठुलो रहेको छ । कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गरेर धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउदा पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

नेपालमा पहिलो पटक २०५९ सालको चैत्रशुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो। यस्तै, चतराधाममा २०६३/६४ सालमा दोस्रो कुम्भ, २०७०/७१ मातेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ। 

kumva mela4

kumva mela3