धरान:  ‘दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता’ बैशाख अन्तिम साता आयोजना हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा अल्फा विटा धरान र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै २९ बैशाखदेखी ३ जेष्ठसम्म प्रतियोगिता सन्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिमको सहभागिता रहने प्रतियिगिताको संयोजक बिकास चाम्लिङले जानकारी दिए ।

प्रतियोगिता धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा हुने छ । प्रतियोगितामा धरान, झापा, मोरङ, ईलाम, उदयपुर, धनकुटालगायतका जिल्लाहरुबाट सहभागि हुने आयोजक धरान बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले बताए । प्रतियोगिताको पुरुषतर्फको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

alfa beta

 यस्तै, महिलातर्फको बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीले नगद १० हजार र महिलातर्फ ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उदियमान पुरुष खेलाडीले नगद ५ हजार र महिला खेलाडीले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

यसैगरि, प्रतियोगिताको आकर्षण बढाउन समापनको दिन बास्केटबल पूर्वखेलाडी तथा राष्ट्रिय कलाकार प्रकाश पौडेलको प्रायोजनमा थ्री पोइन्ट कम्पिटिसन पनि हुने आयोजकले जनाएको छ । थ्री पोइन्ट कम्पिटिसन बिजेता महिला तथा पुरुष खेलाडीले नगद ५( ५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।