धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको वडा नं ११ र वडा १८ ले अंक बाँडेको छ । 

धरान १६ स्थित रंगशालामा शनिवार भएको खेलमा १-१ को बराबरी खेलेपछि दुवै टिमले एक एक अंक बाँडेको हो । दुवै टिम समुह बी मा रहेको छ । लिग चरणको दोस्रो खेलमा वडा ११ ले अग्रता लिएको थियो । बिक्कु राईले गोल गरेर वडा ११ लाई अग्रता दिलाए पनि वडा १८ का सनक श्रेष्ठले बराबरी गोल गरेपछि अंक बाँड्न बाध्य भयो ।

उक्त खेलको खेलको म्यान अफ दि म्याच वडा १८ का गोलकिपर सुशन श्रेष्ठ घोषित हुदै नगद पुरस्कार र गिफ्ट ह्याम्पर हात पारे । भोलीको खेल समुह एको टोली वडा ८ र वडा ५ बीच हुदैछ । हिजो भएको उद्घाटन खेलमा जित हात पार्दै समुह ए टोली वडा १३ ले ३ अंक बटुलेको छ । 

हाम्रो धरान भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा गत माघमा सम्पन्न २४ औं गोधुली कपको क्वार्टरफाइनल खेलेका ८ टिम सहभागी रहेको छ । समुह चरणको खेलहरु लिगको आधारमा हुनेछ भने सेमीफाइनल र फाइनल खेल नकआउट आधारमा हुनेछ । विजेताले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ ।