धरान: २४ औं टेष्टी टेष्टी नुडल्स गोधुली फुटबल रनिङकपको आयोजकलाई ५ लाख बढी मुनाफा भएको छ ।

आयोजक गोधुली क्लबले माघ १३ गतेदेखि २७ गतेसम्म आयोजना गरेको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा ५ लाख २२ हजार ५७० रुपैया नाफा भएको क्लबले जनाएको छ । क्लबका अनुसार उपमहानगरपालिका, प्रायोजक, विभिन्न वडा कार्यालयहरु, संघसंस्था र व्यक्तिहरुबाट प्रतियोगिताको लागि कुल १९ लाख १२ हजार ५७५ रुपैया आम्दानी भएको थियो ।

त्यसमध्ये १३ लाख ९० हजार ५ रुपैया खर्च भएको र ५ लाख २२ हजार ५७० रुपैया खुद वचत भएको क्लबले जानकारी दिएको छ । अझै ३ लाख १५ हजार रुपैया उठ्न बाँकी भएकोले उक्त रकम उठेमा मुनाफा रकम बढ्न सक्ने पनि क्लबले जनाएको छ । माघ २७ गते सम्पन्न भएको प्रतियोगिताको उपाधि वडा नं १३ ले जितेको थियो । वडा नं १७ लाई टाइब्रेकरमा पराजित गर्दै वडा १३ च्याम्पियन भएको थियो । 

godhuli