धरान: आठौं हराईजन बास्केटवल कप यसबर्ष भने थ्री बाई थ्री बिशेष सँस्करण मात्र हुने भएको छ । 

आयोजक हराईजन क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै यो बर्ष बिशेष परिवर्तन गरेर थ्री बाई थ्री बिशेष सँस्करणरुपमा आयोजना हुन गइरहेको जानकारी दिएको छ । थ्री बाई थ्री बिशेष सँस्करण भोली बैशाख २६ र २७ गते हुनेछ । हरेक बर्ष राष्ट्रियस्तरको प्रतियोगिता हुदै आएको छ । 

प्रतियोगिता धरान १७ स्थित श्री माविको प्रांगणमा हुने गरेको थियो । उक्त बास्केटवल कोर्ट गत बर्ष विद्यालयको भवन निर्माण गर्ने भएपछि एउटा कोर्ट भत्काइएको थियो । उपमहानगरपालिकाले पुर्ननिर्माण गर्ने आश्वासन दिए पनि ढिलाई भइरहेको क्लबले जनाएको छ । कोर्ट पुर्ननिर्माण नभएकै कारण विगतमा झै राष्ट्रियस्तरको हराईजन कप यो बर्ष आयोजना नहुने भएको अध्यक्ष श्रीभक्त राईले जानकारी दिए । थ्री बाई थ्री प्रतियोगिता एउटा कोर्टमा मात्रै आयोजना हुनेछ ।

प्रतियोगितामा विभिन्न स्थानका १७ वटा क्लबहरुले सहभागीता जनाएको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।