धरानः पानबारी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौको आरआइएफसी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा खेलको २१ औ मिनेटमा काठमाडौका शिशिर लेखीले गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ  द म्याच समेत घोषित भए । उनलाई नगद २ हजार १ सय पुरस्कार दिइएको थियो । 

अब सेमिफाइनलमा काठमाडौले २७ गते धनकुटाको सिसिआइसीसँग खेल्नेछ । यसअघि केएफसी मोरङ र नेपाल पुलिस क्लब विराटनगर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुई टोलीले भोली बुधबार पहिलो सेमिफाइनल खेल खेल्नेछन् ।

धरान ६ पानवारीमा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । पानबारी फुटबल क्लबको आयोजनामा भइरहेको पानबारी गोल्डकप २९ बैशाखसम्म सञ्चालन हुनेछ ।