धरान: स्थानीयको असन्तुष्टिविच कोकाहको पाइप विस्तार गर्न मेयर हर्क साम्पाङको साथमा धरान २० ज्यामिरे पुगेका श्रमदाता र स्थानीयबीच झडप भएको छ ।

वडा अध्यक्ष पदम लिम्बू, पुर्व वडाअध्यक्ष मणिराम राईसहित स्थानीयसङ्ग सौहार्दपुर्ण वार्ता हुन नपाई नै श्रमदाता र स्थानीय युवाबिच झडप भएको थियो । स्थानीयहरुले कोकाह २ पाइप विस्तार गर्नुअघी समन्वय, छ्लफल नगरेको भन्दै गत सातादेखि नै असन्तुष्टि जनाउदै आएका थिए । कोकाह मुहानमा र नगरपालिकामा पनि माग लिएर जादाको महिलाको भिडियो र फोटो चरीत्रहत्या हुने गरि भाइरल बनाएकोले मेयर साम्पाङले माफी माग्नुपर्ने माग स्थानीयको थियो ।

उक्त मागहरुबारे वार्ता हुन नपाउदै झडप भएपछी स्थिति केहीबेर तनावग्रस्त बनेको थियो । ईलाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राई आफैं पनि ज्यामिरे पुगेका थिए भने सशस्त्र प्रहरी, नगर प्रहरी टोली पनि परिचालन भएको थियो । झडपको क्रममा एक जना घाइते भएका थिए ।

20240518_172439

स्थित नियन्त्रणमा आएपछि मेयर साम्पाङ र वडाका जनप्रतिनिधि, स्थानीयका प्रतिनिधिबीच वार्ता भएको थियो । एक घण्टाबढी भएको वार्ता सौहार्दपुर्ण भएको थियो । वार्तामा स्थानीयले सामाजिक संजालमा विकासको योजना लिएर जाने महिलाको चरीत्र हत्या गरेको बिषयलाई प्राथमिकताको साथ उठाएका थिए । उनीहरुले मेयर साम्पाङले विज्ञपतिमार्फत आफ्ना समर्थकहरुलाई त्यस्तो कार्य नगर्न आग्रह गर्न माग गरेका थिए । स्थानीयको यो मागबारे मेयर साम्पाले सामाजिक सद्भाव कायम गर्ने र चरित्रहत्या जस्ता नकरात्मक प्रचार नगर्न अपिल गर्ने सहमति जनाएका छन् ।

यस्तै, स्थानीयको माग वमोजिम स्वारा क्षेत्रमा पानी व्यवस्थापन गर्न कोकाहबाट पम्पमार्फत लिफ्ट गरेर रिजर्भ ट्याङ्कसम्म पानी पुर्याउने लिखित सहमति भएको छ । यो मागको लागी बिहिवार नै खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले सर्वे गरिसकेका छन् । स्वरामा पानी लैजान स्रोतको अपुग भए दोस्रो चरणको विस्तार गरिएको पाइपबाट पानी नलैजाने पनि लिखित सहमति भएको छ । 

यसैगरी आगामी आर्थिक बर्षको बजेटमा वडा २० लाई प्राथमिकतामा राखेर ५ करोड बजेट विनियोजनको लागी पहल गर्ने पनि लिखित सहमति भएको छ । मेयर साम्पाङले स्थानीयलाई सम्बोधन गर्दै सहमति कार्यान्वयन गर्ने बताएका थिए । मेयर साम्पाङले लिखित सहमति र प्रतिवदता जनाए पछि कोकाह २ को श्रमदान पनि सुचारु गर्न स्थानीयले सहमति जनाएका थिए । उक्त सहमतिमा हस्ताक्षर भएलगत्तै श्रमदान पनि भएको थियो । 

भिडियो:

भिडियो:

भिडियो: