धरान: सुनसरी जिल्ला बि डिभिजन नकआउट फुटबल प्रतियोगितामा धरान १९ स्थित युवा जागृती क्लब च्याम्पियन बनेको छ । 

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको फाइनल खेलमा धरान १२ को मित्रमिलन क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै युवा जागृती बि डिभिजन च्याम्पियन बनेको हो । पहिलो हाफको खेल दुवै टिमले गोलरहित खेलेको थियो । तर, दोस्रो हाफको इञ्जुरी समयमा प्रमेश राईले निर्णायक गोल गर्दै युवा जागृतीलाई च्याम्पियन बनाएका थिए ।

च्याम्पियन युवा जागृतीले ट्रफीसहित नगद २० हजार हात पारेको छ भने उपविजेता मित्रमिलनले ट्रफीसहित नगद १० हजार पाएको छ । साथै, फाइनलिष्ट दुवै टिम ए डिभिजन क्लबमा बढुवा पनि भएको छ । 

फाइनल खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता प्रमेश राई घोषित हुदै नगद १ हजार पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै युवा जागृतीका अदित रईले नगद ५ हजार पुरस्कार पाए भने मित्रमिलनका सरोज राई (कटरे)ले नगद ३ हजार हात पारे । 

यस्तै, उत्कृष्ट गोलकिपर युवा जागृतीका विनेश चौधरी, वेष्ट डिफेन्डर मित्रमिलनका पेसन मगर, वेष्ट मिडफिल्डर युवा जागृतीका जमिन लिम्बु, वेष्ट स्ट्राइकर मित्रमिलनका मनिष लिम्बु र वेष्ट कोच युवा जागृतीका अशोक लिम्बु घोषित भए । सबैले जनही नगद २ हजार र मेडल हात पारे । 

भिडियो: