धरान: नेपाल सुनचाँदी कला व्यवसायी संघले सम्पत्ति शुद्धिकरण निवारण ऐन, विलासिता शुल्क तथा लेखासम्बन्धि प्रशिक्षण कार्यक्रम गरेको छ । 

संघको सुनसरी जिल्ला कार्यसमितिले सोमबारव्यवसायीहरुलाई प्रशिक्षण गरेको हो । संघका सुनसरी अध्यक्ष प्रदिप गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल प्रमुख अतिथि थिए । कार्यक्रम अध्यक्ष गहतराजले विलासिता शुल्क व्यवसायीका लागि समस्या भएको बताए । उनले सुनको मूल्य आकाशिएको कारणले बजार व्यवसायी मालामाल भएजस्तो देखिएता पनि वास्तविकतामा भने व्यवसाय धरासायी बनेको बताए । उनले व्यवसायी माथि चन्दा आतांक समेत भएको बताए । 

तालिममा आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत रविनलाल दास र सिर्जन भण्डारीले सहजीकरण गरेको संघका जिल्ला सचिव रमेश कालिकोटेले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रीय महासचिव बालकुमार लामिछाने, केन्द्रीय सचिव प्रेमबहादुर विश्वकमी, केन्द्रीय कार्यकारिणी निर्देशक हरि रसाइली, संघका सुनसरी शाखाका निवर्तमान अध्यक्ष दुर्गा बहादुर विश्वकर्मा, इलाका प्रहरी कार्यालय धरानका असई रविन पाण्डेलगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा धनकुटा, झापा तेह्रथुमका पदाधिकारी तथा व्यवसायीको समेत उपस्थिति रहेको थियो ।