झापा: झापा दमक ९ का ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी मृत्यु भएको छ । हिजो मंगलबार राती पौने ९ बजे दमक ५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको मे १ ह ६५४४ नम्बरको अटोमा उनी सवार थिए । घाईते भए ...
धरान: हिजो मंगलबार धरानमा भएको छुरा काण्डका एक घाइते धरान ४ का अनन्त राईको स्वास्थ्यमा अझै सुधार भएको छैन । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डि आइसियुमा राखेर उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी विटका अनुसार घाइते राईलाई राती नै आइसियुमा लगिएको थियो । प्रतिष्ठानको आइसियु ...
धरान: सामान्य विवादमा आफ्नै साथीलाई छुरा प्रहार गर्ने धरानका प्रकाश तामाङ पक्राउ परेका छन् । घटनालगत्तै फरार भएका तामाङलाई पुतलीलाइनस्थित तेह्रथुम लजमा लुकेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘घटना पछि फरार भएकालाई खोजी कार्य तीब्र ...
धरान: सामान्य विवादमा आफ्नै साथीले छुरा प्रहर गर्दा धरानका दुई युवा घाइते भएका छन् । छुरा लागेर घाइते हुनेमा धरान ४ का १८ बर्षीय अनन्त राई र धरान १५ का १९ बर्षीय पेम्बा लामा रहेका छन् । दुवैलाई आफ्नै साथी धरान १, सिंहदेवीका प्रकाश तामाङले छुरा प्रहार गरेका हुन् । अनन्तको बाँया कोखामा छुरा प्रहार भए ...
धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...
मोरङ: मोरङको विराटनगर महानगरपालिका १२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् । सोमवार साँझ ५ बजेको समयमा घरायसी बिबाद हुँदा आवेगमा आएर परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरेका थिए । श्रीमानको आक्रमणबाट सगुत् ...
झापा: झापाको दमक नगरपालिका ३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका ९ का ४४ बर्षीय मेघराज गौतमलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान पनि वरामद ...
सुनसरी:सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ को भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोटरसाईकलले ठक्कर दिंदा स्थानीय ६० बर्षीय झबर मेहताको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करले घाईते भएका ...
धरान: स्कुटर सिकाई दिने वहानामा एक नावालिकालाई जंगलमा लगेर बलात्कार गर्ने धरानको वडा नं ६ पानवारीका सन्तोष कार्कीलाई पाँच दिनको म्याद थप भएको छ । पीडित नावालिकाका संरक्षकतर्फबाट किटानी जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले कार्कीविरुद्ध जर्बजस्ती करणीमा कानुनी कारकाही प्रक्रिया अघि बढाएको थियो । जि ...
धरान: धरान उपमहानगरपालिका वडा नं १० स्थित धर्मपथबाट एक युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले ब्राउन सुगरसहित धरान १० का २६ बर्षीय दिपेश सुब्बालाई पक्राउ गरेको हो । उनलाई आइतबार दिउँसो साढे १ बजे धर्मपथबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको साथबाट ४ ग्राम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित