कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने क्रमले भयावह रूप लिइरहे पनि संक्रमितमध्ये उपचारपछि ठूलै संख्यामा पूर्ण रूपमा स्वस्थ पनि भइरहेका छन्।

कोरोना संक्रमण भएका ३ हजार ९ सय ९६ जना उपचारपछि पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको चीनले दाबी गरेको हो।

यस्तै नयाँ मानिसमा संक्रमण हुने दर पनि २० प्रतिशतले घटेको उसकाे भनाइ छ।

चीनको हुबेई प्रान्तस्थित स्वास्थ्य आयोगका अनुसार आइतबार २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण भएकामा अनुपात घटेर सोमबार २ हजार ९७ जनामा मात्र कोरोना संक्रमण देखिएको हो।

सन् २००२-०३ मा सार्स भाइरसको महामारीपछि चीनले अहिले कोरोना भाइरसका कारण स्वास्थ्य संकट सामना गरिरहेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुग्यो
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरस संक्रमणबाट मंगलबार बिहानसम्म १ हजार १८ जनाको मृत्यु भएको हो।

नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ ।