एजेन्सी: अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्। कुकले अहिले गरेको यात्राले लामो समयसम्म अन्तरिक्षमा बिताउँदा त्यसले स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ भन्ने बुझ्न सहयोग गर्छ ।

कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९स्१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्। कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको भन्दा १२ दिनले कम छ। केलीले सन् २०१५(२०१६ मा रुसका अन्तरिक्षयात्री मिखाइल कोर्निएन्कोसँगै ३४० दिन अन्तरिक्षमा व्यतीत गरेका थिए। 'म यति बेला एकदमै भावविह्वल र खुसी छु,'अवतरण गरेको केही समयपछि संवाददाताहरूसँग कुरा गर्दै कुकले भनिन्।

दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकका लागि खोल्ने यसअघि गत वर्ष डिसेम्बर २८ मा पृथ्वी फर्किँदा विट्सनले एउटै यात्रामा २८९ दिन अन्तरिक्षमा बिताएर महिलातर्फ कीर्तिमान राखेकी थिइन्। तर तीनवटा यात्राका क्रममा उनले सर्वाधिक लामो समय अन्तरिक्षमा व्यतीत गरेकी छन्। उनी सन् २००२ मा पहिलो चोटि अन्तरिक्षमा गएकी थिइन् ।

पृथ्वीको परिक्रमा

space

यो अभियानमा कुकले ५,२४८ पटक पृथ्वीको परिक्रमा गरिन्। त्यो क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन्। त्यो दूरी पृथ्वीबाट चन्द्रमा २९१ चोटि ओहोरोदोहोर गरेजति हो। सोयुज अन्तरिक्षयानमा कुकसँगै इटालियन यूरोपियन स्पेस एजेन्सीका लुका पार्मिटानो र रुसका अलेक्सान्डर स्क्वोर्त्सोफ पनि फर्किएका छन्। कुकसहित तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए

तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए । क्रिस्टिना कुकले गत मङ्गलवार आईएसएसबाट गरिएको प्रत्यक्ष प्रसारणमा आफ्ना नायकका पाइला पछ्याउनु नै गौरवको कुरो भएको बताएकी थिइन्। उनले नयाँ पुस्ताका अन्तरिक्ष अन्वेषकहरूलाई उत्प्रेरणा दिने आफ्नो चाहना भएको बताएकी थिइन्।

नासाको यान अन्तरिक्षको अहिलेसम्मकै सबभन्दा टाढाको पिण्डसम्म नासाले मंगल ग्रहका कम्पनबारे अध्ययन गर्ने 'जीवनमा के गर्न सकिन्छ र मेरा सपनाहरू के हुन् भनेर हुर्किँदो उमेरमा मैले विचार गर्दै गर्दा मेरा लागि आफ्नै प्रतिविम्ब देखिने व्यक्तिहरूतिर हेर्नु महत्त्वपूर्ण थियो। त्यस्तै प्रेरणा अरूका लागि बन्न पाउनु सम्भवतस् गौरवको विषय हुन्छ।'

महिला अन्तरिक्षयात्रीमध्ये अमेरिकाकी पेगी विट्सनले अन्तरिक्षमा सर्वाधिक समय व्यतीत गरेकी छन् । आईएसएसमा झन्डै ११ महिना बस्दा कुक अन्तरिक्ष अभियानका अन्य काममा सहभागी भइन् । गत वर्ष अक्टोबर १८ मा आफ्नै देशकी जेसिका मिअरसँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर कुकले 'स्पेसवाक' गरेकी थिइन्। त्यो महिलाहरू मात्र सहभागी पहिलो 'स्पेसवाक' थियो। एउटा बिग्रिएको उपकरण फेर्न उनीहरूले आईएसएसबाहिर सात घण्टा बिताएका थिए। त्यो ऐतिहासिक घटना सम्झिँदै कुकले एनबीसी न्यूजलाई भनिन्स्,'पहिला हामीले एअरलकबाट बाहिर आउन अनुमति पायौँ। हामी ह्यान्डरेल समाइरहेका थियौँ र हाम्रा आँखा एकअर्कासँग जुधे।' 'हाम्रा लागि त्यो क्षण विशेष थियो र म त्यो कहिल्यै बिर्सिनेछैन।'

लामो अन्तरिक्षयात्रा

भालेरी पोल्यकोफ (रुस): ४३७.७ दिन, १९९४-९५, मिर स्पेस स्टेशन

सर्गेइ अब्देएफ (रुस): ३७९.६ दिन, १९९८-९९, मिर स्पेस स्टेशन

भ्लादिमिर टिटोफ (यूएसएसआर) र मुसा मन्रोभ (यूएसएसआर): ३६५ दिन, १९८७-८८, मिर स्पेस स्टेशन

मिखाइल कोर्निएन्को (रुस) र स्कट केली (अमेरिका): ३४०.४ दिन, २०१५-१६, आईएसएस

क्रिस्टिना कुक (अमेरिका), ३२८ दिन, २०१९-२० अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र

स्पेसवाकको कीर्तिमान

अक्टोबरमा इतिहास रचेका कुक र मिअर पछि ज्यानुअरीमा सँगसँगै थप दुई पटक आईएसएसबाहिर निस्किएर अन्तरिक्षमा हिँडे। अन्तरिक्षबाहिर हिँड्ने प्रथम महिला युएसएसआरकी स्वेत्लाना सभित्स्का हुन्। उनले सल्युट ७ अन्तरिक्ष केन्द्रबाहिर पुरुष अन्तरिक्षयात्री भ्लादिमिर झानिवेकोभसँग सन् १९८४ को जुलाई २५ तारिखमा तीन घण्टाभन्दा बढी काम गरेकी थिइन्।

कुकले यसअघि आफ्नो यात्राले नासालाई लामो समय अन्तरिक्षयात्रा गर्दा कस्तो प्रभाव पर्छ भन्ने बुझ्न सहयोग गर्ने बताएकी थिइन्। नासाले सन् २०२४ सम्ममा अन्तरिक्षयात्रीलाई पुनस् चन्द्रमामा पठाउने लक्ष्य लिएको छ। कुकसहित अन्तरिक्षयात्रीको टोलीका अन्य सक्रिय सदस्य उक्त योजनाका लागि सम्भावित उम्मेदवार हुन्।

स्वेत्लाना सभित्स्का अन्तरिक्षबाहिर हिँड्ने प्रथम महिला हुन् । आईएसएसमा रहेको बेला उनले प्रोटीनसँग सम्बन्धित प्रयोग गरेकी थिइन्। क्यान्सर उपचारका लागि प्रोटीनको असर के हुन सक्छ भन्ने परियोजनाअन्तर्गत उनले त्यसो गरेकी थिइन्।

अन्तरिक्षयात्राका क्रममा महसुस गरिने न्यून गुरुत्वाकर्षणबारे उनी उनी बारम्बर चर्चा गर्छिन्। एउटा अन्तर्वार्तामा उनले आफ्नो शरीर १८० डिग्री घुमाउँदै भनेकी थिइन् :'मन लागेको बेला छाना र भुइँ जतातिर पनि उफ्रिन पाउने ठाउँमा हुन पाउनु एकदमै रमाइलो हुन्छ।'

'तर अरू सबै जना भएकै ग्रहमा चाँडै पुग्न म पनि चाहन्छु।' एउटै अन्तरिक्षयात्रामा सबैभन्दा बढी समय बिताउने व्यक्ति भने रुसला भालेरी पोल्यकोफ हुन्। उनी सन् १९९४-९५ मा मिर अन्तरिक्ष स्टेशनमा ४३७ दिन बसेका थिए। कुक गत वर्ष १४ मार्चमा आईएसएसमा गएकी थिइन्। उनले त्यहाँ छ महिना बिताउनुपर्ने थियो। तर उडानतालिकाका कारण एप्रिलसम्म उनको बसाइ लम्बिएको थियो।

मिशिगनको ग्र्यान्ड र्‍यापिड्समा जन्मिएकी उनी नर्थ क्यारलाइनामा हुर्किन्। उनले भौतिक विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन गरेकी छन्। अन्तरिक्ष केन्द्रमा पुगेलगत्तै उनले महिला मात्रैको पहिलो स्पेसवाक गर्नुपर्ने थियो। तर अन्तरिक्षयात्रा गर्दा लगाउने पोसाकको आकारका कारण नासाकी सहकर्मी एन मक्लेन त्यसमा सहभागी हुन पाइनन्। उनको ठाउँमा अर्का सदस्य निक हेगलाई त्यो काम गर्न लगाइएको थियो।