धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको खुला पुरुषतर्फ तीर्थ पुन विजेता भए भने महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन् ।

आज सम्पन्न नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडमा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता भए । धरान १० के रनमा तीर्थ पाँचौ पटक विजेता भएका हुन् । बाग्लुङ ढोरपाटनका उनी तेस्रो सँस्करणदेखि विजेता हुदै आएका छन् । उनी भारती सेनाका खेलाडी हुन् । ५÷५ गोर्खा राइफलका उनी हवल्दार छन् । पुरुषतर्फ लक्ष्मण मल्लले ३१ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने खिमबहादुर खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । दुवै सशस्त्र प्रहरीका खेलाडी हुन् ।

महिलातर्फकी विजेता सन्तोषीले ३४ मिनेट २३ सेकेण्डमा दुरी पार गरिन् । महिलातर्फकी विजेता सन्तोषी यो समेत गरी दोस्रो पटक विजेता भएकी हुन् । उनी चौथो सँस्करणमा पनि प्रथम भएकी थिइन् भने ३ पटक दोस्रो स्थानमा रहेकी थिइन् । महिलातर्फ राममाया पुनले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने छेम्बी राईले ४२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । महिला र पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित ट्रफी हात पारे ।

dharan-run1 1

यसैगरि, १६ बर्षसम्मको स्पर्धामा महिलातर्फ जुम्लाकी वन्दना बुढा प्रथम भइन् भने क्रिष्टिना राई दोस्रो र प्रसंसा वन तेस्रो भइन् । पुरुषतर्फ किरण लिम्बु प्रथम, सियन राई दोस्रो र रोजन राई तेस्रो भए । यस्तै, भेट्रानतर्फको पुरुषमा दिलबहादुर श्रेष्ठ प्रथम, धर्म मर्हजन दोस्रो र सुवर्ण सुब्बा तेस्रो भए भने महिलातर्फ दार्जिलिङका छिरिङ लमु प्रथम, भीममाया राई दोस्रो र गीतादेवी लिम्बु तेस्रो भइन् ।

यस्तै, १२ बर्ष मुनिको उमेर समुहमा पुरुषतर्फ अनिष लिम्बु प्रथम, सुजन राई दोस्रो र दिवस राई तेस्रो भए भने महिलातर्फ प्रश्ना भण्डारी प्रथम, इसिका तामाङ दोस्रो र कुसुम राई तेस्रो भइन् । १२ बर्ष मुनिका बालबालिकाहरुलाई ३ किलोमिटर मात्र दौड गराइएको थियो । १६ बर्षसम्म, १२ बर्षमुनिका र भेट्रानतर्फका प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजारसहित ट्रफी पुरस्कार दिइएको थियो । विजेताहरुलाई धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, बिशिष्ट अतिथि एवं मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए । दौडमा ४ हजार बढीले भाग लिएको आयोजकले जनाएको छ ।

dharan-run 2 dharan-run4 1 dharan-run2 1 dharan-run5 dharan-run6 1