धरान:स्वास्थ्य तथा पर्यटन विकासको लागि साइक्लिङको प्रर्वद्धन गरिरहेको साइक्लिङ धरानमा तदर्थ समिति गठन भएको छ ।

दिपक जोशी संयोजक रहने गरि ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । साइक्लिङ धरानले 'साईकल ,जीवन र सन्सार स्वास्थ्य जिवन जिउने बलियो आधार'भन्ने आफ्नो नारा बनाएको छ । साइक्लिङ धरानको सहसंयोजकमा प्रभात कुमार श्रेष्ठ, सचिवमा प्रियस गुरागाई र कोषाध्यक्षमा श्रवण गुप्ता चयन भएका छन् । यस्तै, सदस्यहरुमा ममता राई, दुर्गा श्रेष्ठ, दिपेन्द्र राई, दिप चौधरी र प्रमोद पोर्तेल चयन भएका छन् ।