सुनसरी: कोरोना भाइरस(कोभिड १९) बाट बच्नको लागि होटल व्यवसायी महासंघ प्रदेश नं १ नेपालले प्रदेश १ का १४ जिल्लामा आवद्ध सम्पुर्ण होटल व्यवसायीहरुलाई सावधानी अपनाउन आह्वान गरेको छ ।

महासंघले आज(बुधबार) बिहान इटहरीमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसबाट बच्न ७ बुँदे सावधानीका उपायहरु पनि अवलम्बन गर्न सुझाएको छ । महासंघका अध्यक्ष मणिन्द्र कटवालले होटल तथा लजहरु सफा राख्न, कुनै ग्राहकहरु कोठामा बसेर गएपछि अनिवार्य तन्ना, सिरानीको खोल र सिरकको खोल, तौलिया परिवर्तन गर्न होटल व्यवसायीहरुलाई आह्वान गरे ।

यस्तै,सबै कोठामा सेनियइजर राखिदिने वा साबु राखिदिने, अत्यधिक खोकी लागेका वा ज्वरो आएको शंका लागेका ग्राहकहरुलाई कोठा नदिने र डाक्टरमा भेट्न जाने सल्लाह दिन पनि महासंघका प्रदेश अध्यक्ष कटवालले सम्पुर्ण होटल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसैगरि, होटलका कर्मचारीहरुले माक्स वा सर्जिकल हाते पञ्जा प्रयोग गर्न, काउन्टरमा बस्ने कर्मचारी र वेटरले सेविटाइजर प्रयोग गर्न पनि महासंघले आग्रह गरेको छ । साथै,ठुला सेमिनारहरुलाई सावधानी अपनाइएको बाहेकलाई आयोजनामा निरुत्साहित गर्न पनि आह्वान गरेको छ । महासंघका अनुसार प्रदेश १ मा पर्यटनस्तरका १४ सय होटल छन् ।

hotel1