धरान: बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । धरान १५ सेउती किनारमा अवस्थित बगरकोट हरेक हिसाबले चर्चा रहन्छ । यहाँको सेकुवा ब्राण्ड हो भने पछिल्लो समय लाउञ्ज एण्ड बारले यहाँको नाइटलाइफ र व्यापार चम्काएको छ ।

पछिल्लो समय भने यहाँ बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार पनि खुलेको छ । जहाँ लोकदोहोरीमा पनि रमाउन सकिन्छ । यही लोकदोहोरीले फागुन २९ गते बिहिबारका एम एण्ड एस फेसन सो २०२० आयोजना गर्ने भएको छ । यसको लागि १४ जना मोडलहरू र्याम्मा उत्रने अन्तिम तयारी गरीरहेका छन् ।

बगरकोट लोकदोहोरीको आयोजनामा हुने उक्त फेसन शोका मोडलहरुलाई क्याट वक, फोटोसुट र क्यामरा फेसिङ लगायतको विषयमा तालिम गराइएको संयोजक मौसम गुरुङले जानकारी दिए । मनोरञ्जन र बगरकोटको व्यापारलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।

fashain

अडिसनबाट छनौट भएको १४ जना मोडलहरूले फाइनलको बेला वक गर्ने कार्यक्रम निर्देशक स्नेहा गुरूङले बताइन् । अडिसनबाट धरानको अञ्जना राई, झरना राई, सिम्रन राई, अनु मगर, प्रिया लिम्बु, साइना श्रेष्ठ, मौनता तामाङ, गिता कटुवाल, क्युसा राई र हाङ्गमा लिम्बु रहेकी छन । यस्तै इटहरीबाट विनिता चौधरी, तमन्ना राई र रन्जु तामाङ छन् भने पथरीबाट मनिता परियार रहेकी छिन् ।

कार्यक्रमको कोरियोग्राफअर मिस लुमियर इन्टरन्यासनल वर्ल्ड २०१९ मा मिस ग्लामर टाइटल विजेता सिम्रन श्रेष्ठ रहेकी छिन् । कार्यक्रममा मेकअप आर्टिस्ट सुजता गुरुङको मेकअप रहनेछ भने छथरे ढाका उद्योग र सिसा बुटिकको पहिरनमा मोडलले वक गर्नेछन । सोमा ढाकाको साडी, गाउन र लेहेङ्गा, क्याजुअल र वान पिस गरी चार वटा सिक्वेन्स रहनेछ । कार्यक्रममा गरिमा डान्स सेन्टरको प्रस्तुती समेत राखिएको छ ।