धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ ।

धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘जर्बजस्ती रंग लगाइदिए पछि विवाद भइरहेको थियो, त्यसैले जर्बजस्ती रंग दल्ने दुई युवती नियन्त्रणमा लिएर राखेका छौं,’डिएसपी न्यौपानेले भने,‘दिनभर राखेर अभिभावकको जिम्मा लगाउछौं ।’

प्रहरीले होलीको मौकामा हेल्मेट विना र ३ जना सवार रहेको ५ वटा मोटरसाइकल, स्कुटर पनि नियन्त्रणमा लिएको छ । डिएसपी न्यौपानेका अनुसार प्रहरीले ४ वटा मोटरसाइकल र एउटा स्कुटर विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । ‘हेल्मेट नलगाएको, ३ जना चढेर हिडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो, ती सवारीसाधन इलाकामा राखिएको छ,’डिएसपी न्यौपानेले भने,‘समग्रमा धरानको अवस्था सामान्य छ ।’