विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमण बारे सतर्क रहन प्रदेश एक सरकारले प्रतिरक्षा, रोकथाम र उपचारको व्यवस्थापकीय कार्ययोजना सार्वजनिक गरेको छ ।

छिमेकी मुलुक चीनबाट देखा परेको उक्त महामारीजन्य रोग अर्को छिमेकी मुलुक भारतमा समेत देखा पर्न थालेपछि खुल्ला सीमाना रहेको पूर्वी नेपालका ५ सीमा नाकामा विशेष सतर्कता अपनाइएको सरकारले जानकारी दिएको छ । सरकारका प्रवक्ता एवंम आन्तरक मामिला एवंम कानुन मन्त्री हिक्मत कुमार कार्कीले कुनै महामारी फैलिइ हाले सरकारले कस्तो कदम चाल्ने भन्ने बारे सतर्कपूर्वक क्यावीनेट र सर्वदलीय बैठक राखिएको जानकारी दिए ।

pradesh-sarkar

उक्त बैठक सम्पन्न गरेपछि २३ बुुँदै कार्ययोजना सर्वजनिक गर्दे प्रदेश एक सरकारले, तत्काल क्वारेन्टाइन निर्माण गर्नका लागि पहिलो चरणमा सुनसरीको कोशीटप्पुु, सैनिक ब्यारेक रहेको मोरङको टांडीमा सेनालाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । मन्त्री कार्कीका उनका अनुसार प्रदेशका सबै विमानस्थलमा २४ सैँ घण्टा यात्रुुको स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ भने १४ जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सबै सरकारी कार्यालयका प्रमख र सरोकारवालाहरु सदस्य रहने गरि विशेष समिति गठन गरिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले भारतबाट रेलको माध्यमबाट नेपाल फर्किएका यात्रुुलाई सीमानामा ट्याकिङगर्दै उनिहरुको विशेष स्वास्थय परिक्षण गर्न थालिएको जानकारी दिए । मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमणको हल्लाले बजारमा कृतिम अभाव सृजना गर्ने र कालोबजारी हुने अवस्थाको नआवस् भन्नका लागि सरकारले नियमित अनुुगमन गर्ने संयन्त्र समेत बनाइ सकिएको जानकारी दिएका छन् । सरकारले जगेडा चालक र मेडिकल टोलीसहित प्रत्येक जिल्लामा २, २ र सीमानामा १० ओटा एम्बुलेन्स तैनाथी अवस्थामा राख्ने तयारी गरिएको छ भने यस आपतकालिन योजनाका लागि ५ सय कर्मचारी परिचालन गर्ने घोषणा गरेको छ ।