धरान: धरान १५ स्थित बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । यहाँ थुप्रै लाउञ्ज एण्ड बारहरु खुलेका छन् । यहाँ हरेक साँझ सेकुवाका स्वादका पारखीहरुको घुइचो लाग्छ ।

यही बगरकोटमा लोकदोहोरी साँझ लाउञ्ज एण्ड बारमा बिहिबार भने फेशन शो आयोजना भयो । उक्त शोको एक मात्र टाईटल बेष्ट क्याटवक मोडल क्युसा राईले जितिन् । उनले मायाको चिनो, स्यास र बुके हात पारिन् । फेशन शोको फाइनलमा अञ्जना राई, झरना राई, मनिता परियार, रूद तामाङ, सिमरन राई, अनु मगर, प्रिया लिम्बु, तमन्न राई, सदिस्ता श्रेष्ठ, मानता तामाङ, विनिता चौधरी, गीता कटुवाल, क्युसा राई र हाङ्मा लिम्बु गरी १४ जना मोडलहरूले वक गरेका थिए । उनीहरूले क्याजुअल, वनपिस, लेहेङ्गा र ढाकाको साडी गरी चार वटा सिक्वेन्समा र्याम्प वक गरेका थिए ।

कोरीयोग्राफर मिस लुमियर इन्टरन्यासनल २०१९ मा मिस ग्लायमर उपाधि विजेता सिमरन श्रेष्ठ रहेकी थिइन् । लेहेङ्गा सिक्वेन्समा डिजाइनर सिसा बुटिकका संचालक सरला श्रेष्ठ र मेकअप आर्टिस्ट सुजता गुरूङले समेत वक गरेका थिए । यस्तै ढाकाको साडी सिक्वेन्समा डिजाइनर छथरे ढाका उधोग धरानका संचालक बन्दना साँवा र कोरीयोग्राफर श्रेष्ठले समेत वक गरेका थिए । कोरीयोग्राफरसहित आयोजकले छनौट गरेको बेस्ट वकको विजेतालाई कार्यक्रमको संयोजक मासम गुरूङ, सल्लाहकार कल्पना सुब्बा र नरेन्द्र इवारम लगायतले पुरस्कार वितरण गरेका थिए ।

IMG_8865.psd

IMG_8800.psd IMG_8853.psd IMG_8822.psd IMG_8856.psd IMG_8869.psd IMG_8848.psd IMG_8860.psd IMG_8864.psd IMG_8842.psd IMG_8831.psd IMG_8873.psd IMG_8877.psd IMG_8824.psd IMG_8833.psd IMG_8819.psd IMG_8837.psd IMG_8879.psd IMG_8824.psd 1 IMG_8822.psd 1 IMG_8841.psd

 IMG_8850.psd