धरान : धरानका दुई बिशेष विद्यालयलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजित मैत्रीपुर्ण च्यारिटी फुटवल खेलमा एफसि गोर्खा भेट्रान युके विजयी भएको छ ।

धरान १६ स्थित रंगशालामा आज शनिबार भएको खेलमा धरान भेट्रान फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै गोर्खा भेट्रान विजयी भएको हो । गोर्खा भेट्रानको लागि दुवै गोल झविन्द्र लिम्बुले गरेका थिए । उनले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको २२ औं मिनेटमा विजयी गोल गरे । धरान भेट्रानको लागि जनक राईले गरेको गोल सान्त्वनामा सिमित भयो । उनले दोस्रो हाफको ५ औं मिनेटमा गोल गरेका थिए ।

धरान भेट्रानबाट धरानका मेयर तिलक राई, एन्फा प्रदेश १ अध्यक्ष किसोर राई पनि खेलाडीकोरुपमा मैदानमा उत्रिएका थिए ।विजयी टिमले ट्रफी र मेडल प्राप्त गर्यो । खेलाडीहरुलाई एन्फा १ नं प्रदेशका अध्यक्ष किसोर राईले मेडल तथा ट्रफी प्रदान गरेका थिए । गोर्खा भेट्रान युकेकै आयोजनामा मैत्रीपुर्ण खेल भएको हो । धरानको पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई आर्थिक सहयोग जुटाउन मैत्रीपुर्ण खेल आयोजना भएको हो ।

 

charity-football3 charity-football1

charity-football