धरान: अवैधरुपमा धरानतर्फ सेहरा खोलामा उत्खनन् गरेर इटहरीको ठेकेदारले २८ हजार घनमिटर नदीजन्य सामग्री लगेको पाइएको छ ।

धरानकी उपमेयर मञ्जु भण्डारीसहितको टोलीले आज दिउँसो स्थलगत निरीक्षण गर्दा यति परिणाममा उत्खनन् गरी तस्करी गरेको पाइएको हो । प्राविधिकहरुले नापी गर्दा २८ हजार ९ सय ३ घनमिटर अवैध उत्खनन् गरेको भेटिएको थियो । अनुगमन समितिकी संयोजक एवं उपमेयर भण्डारीको नेतृत्वमा डिएसपी ढुण्डीराज न्यौपाने, वातावरण अधिकृत भेषराज घिमिरे, पत्रकारसहितको टोली स्थलगत अनुगमनमा गएको थियो । ‘२८ हजार घनमिटर जति तस्करी गरेर लागेको पाइयो,’उपमेयर भण्डारीले भनिन्,‘कडा कानुनी कारबाही प्रक्रिया अघि बढाउछौं ।’

sehara-khola

इटहरीले ठेक्का लगाएपनि ठेकेदार कम्पनी पाथीभारा कन्ट्रक्सनले धरानक्षेत्र मिचेर उत्खनन् गरिरहेको पाएपछि बुधबार ३ वना ट्रिपर र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । ती गाडी अहिले पनि प्रहरी कार्यालयमा राखिएको छ । ठेकेदारले इटहरीपट्टी मिक्सगिट्टी ननिस्के पछि धरानतर्फ उत्खनन् गरेको जवाफ दिएको पनि उपमेयर भण्डारीले बताइन् । ‘यो त हेपाहा, मिचाहा प्रवृत्ति भयो,’उनले भनिन् ।

sehara-khola3