धरान: कोरोना संक्रमण(कोडिभ १९) को संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने हुन्छ । तर, अहिले बजारमा मास्क पाइदैन । कतिपय व्यापारीहरुले कालोबजारी पनि गरिरहेका छन् ।

यस्तो अवस्थामा धरानको ह्वाइट हाउस कलेजले भने निःशुल्क मास्क तथा डिटोल साबुन वितरण अभियान शुरु गरेको छ । कोरोना बिरुद्ध हाम्रो अभियान भन्ने नारासहित व्हाईट हाउसले बिहिबारदेखि यो अभियान थालेको हो । आफ्नै कलेजका विद्यार्थीहरुलाई मास्क वितरण गरेर शुरु भएको अभियान पहिलो दिन धरानको विभिन्न स्थानमा भएको थियो । कलेजका सिइओ अरुण प्रधानले एसईईको प्रत्येक परीक्षा केन्द्रमा यसरी नै मास्क तथा डिटोल साबुन वितरण गर्ने योजना भएपनि परीक्षा स्थगित भएपछि गर्न नपाएको बताए ।

mask1

अहिले जनचेतनाको अभाव भएको र सहजै मास्कको पहुँच भन्दा टाढा भएका वर्गहरुमा गएर मास्क वितरण गर्ने तथा करोना भाईरस सम्बन्धी जनचेतना जगाउने अभियान जारी रहेको प्रधानले जानकारी दिए । बिहिबार करिब ८ सयको संख्यामा मास्क वितरण गरिएको र यो अभियान अझै जारी रहने उनले बताए । 'मास्कको कालोबजारी भयो, बजारमा पाइदैन । त्यसैले हामीले जनचेतना जगाउदै मास्क पनि बाँडिरहेका छौं,'उनले भने,'वडा कार्यालयसँग समन्वय गरेर जहाँ चेतना अभाव छ, कोरोनाबारे जानकारी कम छ, त्यो वस्तीमा पुग्दैछौं ।' उनका अनुसार इटहरी, इनरुवा, बेलबारीलगायत ठाउँहरुमा पनि सकेसम्म पुग्ने लक्ष्य छ । मास्क वितरण कलेजले आफ्नै स्रोतबाट गरेको जनाएको छ ।

कलेजले शुरुमा आफ्नै विद्यार्थीहरुलाई मास्क वितरण गरेर बिहिबार यो अभियानको थालनी गरेको थियो । भुजेल समाजका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको अभियानमा समाजसेवी सुरेन भुजेल, व्हाईट हाउसका तर्फबाट अरुण प्रधान, रबिन श्रेष्ठ , पोशन श्रेष्ठ, उबित थापा, ओम रिमाल, सुजन श्रेष्ठले पनि मास्क वितरण गरेका थिए ।

mask8

त्यसपछि, कलेजको टोलीले धरान ३ स्थित सरस्वती बाल आश्रममा मास्क वितरण गरेको थियो । आश्रमका अध्यक्ष दानबहादुर राईको प्रमुख आतिथ्य वितरण कार्यक्रम भएको थियो । कलेजको टिमले समितिका सम्पुर्ण पदाधिकारीहरुसहित त्यहाँका सम्पुर्ण वालबालिका, कर्मचारी, शिक्षकहरुलाई मास्क तथा डिटोल साबुन बितरण गरेको थियो । आश्रमका अध्यक्ष दानबहादुर राईले करोनाको कारण मास्क अभाव भइरहेको बेला ह्वाइट हाउसबाट मास्क र साबुन वितरण गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । व्हाईट हाउसका सिईओ अरुण प्रधानले हात धुने तरिका, करोनाको लक्षण तथा यसबाट अपनाउनु पर्ने सावधानीको बारेमा पनि जानकारी गराएका थिए ।

आश्रम लगत्तै यो टोलीले धरान १९ स्थित सुकुम्बासी वस्ती सुनाम टोल र गैह्री गाउँमा पनि पुगेर मास्क, डिटोल साबुन वितरण गरेको थियो । धरान १९ का वडा अध्यक्ष पुर्ण लिम्बुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा सदस्यहरु मेघनाथ राई, राजकुमार राई, चन्द्रमाया बिक, माङ्हिम टोल बिकास संस्थाका सचिव दशरथ लिम्बू, समाजसेवी कलाकार हिमाल दहाल, निर्देशक बिजय सुब्बालगायतको उपस्थिति रहेको थियो । वडाअध्यक्ष पुर्ण लिम्बुले सरकारको निर्णयले अझ बढी सचेत रहने बेला आएको बताए ।

mask mask3 mask5