धरान: चिया पसल जताततै खुलेका छन् । त्यसैले साथीभाई भेटियो कि चियाको अफर गरिन्छ । धरान १९, किरात चोकस्थित धनकुटे रोडको एउटा चिया पसल भने अन्यत्रको भन्दा फरक छ ।

यो चिया पसल हिजोआज धरानका टिनएजर्स माझ चर्चित बन्दै गइरहेको छ । युवाहरुको आकर्षणको केन्द्र बनेको यो चिया हो, मट्का चिया । यो चिया पसल युवाहरुको चिया स्टेशन नै बनेको छ । यसको सञ्चालक हुन्, किरण राई । यो चिया स्टेसनमा साँझतिर जाने हो भने मट्का चियाको स्वाद लिने टिनएज गु्रपले भरिएको हुन्छ ।

पहिला कफी सपमा भेला हुने टिनएजर्सहरुको जक्सन आजकल यो मट्का चिया बनेको छ । यहाँको विशेषता भनेको चिया माटोको गिलास(कप)मा दिइन्छ । चियामा नरिवल र मरिचको धुलो मिसाएको हुन्छ । यसले गदर्गा यहाँको चियाको स्वाद अन्यत्र भन्दा फरक एवं स्वादिलो हुने ग्राहकहरु बताउँछन् ।

IMG_8750.psd

एक पटक प्रयोग गरिएको मट्का फेरि प्रयोग गरिदैन । चिया पिइसके पछि मट्कामा ग्राहकहरुले आफुलाई मनलागेका शव्द, सन्देश वा नाम लेख्ने गर्छन् । यसले पनि फरक बनाएको छ मट्का चियालाई । आँगनमै विभिन्न शव्दहरुले भरिएको खाली मट्काको थुर्पो देखिन्छ । राम्रा शव्द लेखिएका मट्काहरु छानेर स्टेसनमा सजाइने योजना रहेको संचलक राई बताउँछन ।

मट्का चियाको स्वाद लिन शिक्षक, विद्यार्थी, खेलाडी, कलाकार, नेताहरु सवै प्रकारको ग्राहकहरु आउने गरेको संचालक राई बताउँछन् । पसल भएको घर उनको आफ्नै हो । मात्र तीन महिनाअघि उनले यो पसल खोलेका हुन् । लगानी करिव दुई लाख रुपैया गरेका हुन् । परिवारका सदस्यहरु आफै खटिएर काम गर्छन् । दैनिक दश हजार रुपैया बराबारको कारोवार हुने गरेको छ । उनले केही नयाँपन दिएर लगानी गर्ने हो भने आफ्नै देशमा युवाहरुले गरिखान सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।

IMG_8747.psd IMG_8785.psd IMG_8756.psd IMG_8891.psd IMG_8768.psd IMG_8775.psd IMG_8782.psd IMG_8923.psd IMG_8924.psd IMG_8920.psd IMG_8929.psd
IMG_20200320_080000.psd

IMG_8897.psd