लन्डन: बेलायतमा रहदै आएका एक जना नेपालीको मृत्युको कारण कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको थियो ।

उनको निधनबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन । तथापी, परिवारजनलाई राईको निधन कोरोना भाइरसको कारण भएको भन्ने अनौपचारिक जानकारी अस्पतालले दिएको समाचारहरुमा उल्लेख गरिएको छ । मृत्युको कारण अस्पतालले सोमबार दिने बताइएको छ । पारिवारिक स्रोतले भन्यो,'औपाचारिक रुपमा अस्पतालले केही जानकारी दिएको छैन् तर कोरोनाले मृत्यु भएको जानकारी दिएको हो। '

मृतक राई विगतदेखि नै मृगौलाका विरामी थिए । पुर्वगोर्खा सैनिक उनी परिवारसहित सन् २००८ मा बेलायत आएका थिए।लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा पछिल्लो समयमा ६ जनालाई कोरोनाको पुष्टि भएको बताइएको छ ।