धरान: सधै फिल्डमा खटिइनुपर्ने पत्रकारहरुलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउनको लागि नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले मास्क वितरण गरेको छ ।

आज क्लिक धरान डटकमको कार्यालयमा पत्रकारहरुलाई महासंघले मास्क वितरण गरेको हो । महासंघले २ सय थान मास्क जिल्लाभरका पत्रकारहरुलाई वितरण गर्ने जनाएको छ । महासंघका अध्यक्ष विकास राईले धरानका पत्रकारहरूका लागी १ सय २५ थान वितरण गरिएको हो । यस्तै, ईटहरी, इनरूवाका पत्रकारहरूका लागी ७५ थान वितरण गरिने पनि उनले जानकारी दिए ।

यो मास्क धरान ८,भोटेपुलस्थित हिमालय पेट्रोल पम्पको आर्थिक सहयोगमा वितरण गरिएको महासंघले जनाएको छ । सधै फिल्डमा खटिने पत्रकारहरुलाई संक्रमणको जोखिम बढी हुने भएकोले मास्क वितरण गरिएको अध्यक्ष राईले बताए । वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव दिनेश गजमेरले पत्रकारहरूमा कोरोनाको केही समस्या देखिए महासंघले सहयोग गर्नको लागि समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार धरानमा उपाध्यक्ष सन्तोष काफ्ले, ईटहरीमा ध्रुव ढकाल र इनरूवामा अजितकुमार झाको संयोजकत्वमा पत्रकारहरुको लागि समिति गठन गरिएकोको बताए ।]

mask 1

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ राईले कोरोनाले सबैतिर आक्रान्त भएको र पत्रकारहरु पनि जोखिममा हुने भएकोले मास्क वितरण कार्यक्रम सह्रानीय भएको बताए । सोही कार्यक्रममा पत्रकार महासंघका सदस्य तथा माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले ७ दिनसम्म पुग्ने ३० मिलिलिटर ह्यान्ड स्यानिटाइजर पनि पत्रकारहरूलाई वितरण गरेका थिए । उनले सकेसम्म साबुन पानीले हात धुन पनि आग्रह गरेका थिए । साबुन पानी उपलब्ध नभएको अवस्थामा मात्र सेनिटाइजर प्रयोग गर्न उनले आग्रह गरे ।

mask1 1