इटहरीः हिजो विहान इटहरी उपमहानगरपालिकाको बैठकले विपन्न समुदायको परिवारलाई राहत बाँड्ने निर्णय गर्र्यो ।

लकडाउनको कारण मजदुरी गरेर परिवार पाल्ने विपन्न समुदाय यसबाट प्रत्यक्ष प्रभावित छ । सोही प्रभावलाई मध्यनगर गरेर इटहरी स्थानीय सरकारले सहयोग जारी राख्ने निर्णय त गर्यो तर, सहयोग बाँड्ने पहिलो दिन नै पहिलो गाँसमा ढुगा भन्ने उखान चरितार्थ भयो । मेयर द्धारिकलाल चौधरीले इटहरी १ र १७ को बीचमा पर्ने मुसहर वस्तीमा केही कर्मचारीसहित पुुगेर ठुलो हुलका बीच अतिआवश्यकीय सामाग्री वितरण गरेका छन् । खाद्यान्न लगायतका सामाग्री लिएर उक्त विपन्न समुदायमा पुुगेका मेयरको कार्यशैलीप्रति उपमेयर लक्ष्मी गौतम र वडाअध्यक्ष भगवानलाल साहले आपत्तिसमेत प्रकट गरेका छन् ।

साह वडानम्बर १७ का अध्यक्ष हुन् । उनले आफुलाई समेत थाहै नदिइ मेयरले एकपक्षीय रुपमा चौरीमा सयौँको हुलमा खाद्यान्न सामाग्री बाँडिनुले विषम परिस्थितिको मुल्यांकन गर्न नसक्नु र गम्भीर हेलचेक्राइ भएको बताए । उनले कार्यपालिकाले वडागतरुपमा लगत राखेर सहयोग बाँड्ने निर्णय गरेपनि मेयर चौधरीले त्यसको धज्जि उडाएको प्रतिक्रिया दिए । त्यस्तै, उपमेयर लक्ष्मि गौतमले मेयर एक्लै सामाग्री बाँड्नु भएको जानकारी पाएपनि आफुले औपचारिक रुपमा थाहा नपाएको प्रतिक्रिया दिइन् । उनल आफुु क्वारेन्टाइन निर्माणका लागि खटिइरहेको भन्दै मेयर चौधरीले सयौँ मानिसका बीच खाद्यान्न बाँडिएको हो भने गम्भिर गल्ति भएको टिप्पणी गरिन् ।

यता विपक्षी दल नेपाली काँग्रेसले भने उक्त घटनाको विरोध गरेको छ । इटहरी नगरसभापति हेमकर्ण पौडेलले राहतमा राजनीति गरेको भन्दै मेयर चौधरीको कार्यशैलीको कडा शब्दमा विरोध जनाएका छन् । ‘लकडाउनको पालना गराउने निकायको किन यस्तो लापरवाही ?’ उनले प्रश्न गरेका छन् ।