धरान: छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमणको रोक्न चुनौतीपुर्ण बन्दै गएको छ । भारतमा कोरोनाको संक्रमण तीब्ररुपमा वृद्धि भइरहेको छ ।

पछिल्लो दुई सातामा भारतमा कोरोना संक्रमितहरुको संख्या एक सयबाट वृद्धि भएर १६ सय पुगेको छ भने कोरोनाको कारण ३२ जनाको मृत्यु भइसकेको छ । भारतमा दुई महिना अघि मात्र पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको थियो । भारत सरकारले वास्ता नगर्दा अहिले कोरोना संक्रमण रोक्न भारतलाई पनि निक्कै कठिन हुदै गएको छ ।

गत २४ घन्टामा भारतमा ३१५ नयाँ संक्रमितको संख्या थपिएर १६ सय नाघेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानसम्म १६१८ संक्रमितहरुको संख्या पुगेको छ । भारतमा सबैभन्दा बढी महराष्ट्र, तमिलनाडुमा र दिल्लीमा कोरोनाको संक्रमण देखिएको छ । भारतमा जनवरी ३० मा पहिलो संक्रमित व्यक्ति भेटिएको थियो । एक महीनापछि मार्च १ मा मात्र तीन जनामा संक्रमण देखियो । तर, एक साता पछि मार्च ८ मा संख्या ३४ पुग्यो भने त्यसपछि संख्या दोब्बरले वृद्धि हुदै आएको छ ।