धरान:कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर जारी लकडाउनले दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई गुजारा गर्न धौ धौ परिरहेको छ । तिनै विपन्न परिवारको लागि हिमालयन मेघा कलेज धरान १२ ले धरानको दुई वडालाई खाद्यान्न सहयोग गरेको छ ।

कलेजले धरानको वडा नं १२ र १६ लाई खाद्यान्न हस्तान्तरण गरेको हो । कलेजले वडा नं १२ र १६ लाई २५ केजीको २०-२० वोरा अर्थात ५ सय केजीको दरले दुवै वडालाई चामल सहयोग गरेको हो । राहत सामग्री कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे र एडमिनिस्ट्रेटर कैलाश लिम्वुले हस्तान्तरण गरेका थिए । उनीहरुले धरान १२ का कार्यवाहक अध्यक्ष ब्रह्मज्ञ भट्टराई र धरान १६ का वडाध्यक्ष दिलकुमार गिरीलाई वुधवार हस्तान्तरण गरेका थिए । दुवै वडाले लगत संकलन पछि अतिविपन्न परिवारहरुलाई वितरण गर्ने जनाएको छ ।megha

कोरोना भाइरसको कारण देशमा आइपरेको समस्यामा कलेजले आप्mनो सामाजिक उत्तरदायित्व निर्वाह गरेको कलेजका डाइरेक्टर अर्जुन घिमिरेले बताए । शिक्षासंगै समाजका हरेक सकरात्मक परिवर्तनको लागि आफ्नो उतरदायित्व निर्वाह गर्न कलेज सधै तयार रहने घिमिरेले वताए । लामो समय लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत सामग्री प्रदान गरेकोमा धरान १२ न. वडाका कार्यवाहक अध्यक्ष ब्रह्मज्ञ भट्टराइले कलेजलाई धन्यवाद दिएका थिए ।