धरान: लकडाउनको समयमा सामाजिक गतिविधिहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित रक्त सञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको छ ।

रगत अभाव भएर विरामीहरुको उपचार प्रभावित हुन नदिन सुनसरी उद्योग वाणिज्य संघले स्वेच्छिक रक्तदानको आह्वान गरेको छ । संघको बैठक बसेर नै ब्लड बैंकसँग समन्वय गरेर रगत संकलनको लागि आह्वान गर्ने निर्णय गरेको संघका कार्यसमिति सदस्य विष्णु वरालले जानकारी दिए । ‘लकडाउनले रक्तदान कार्यक्रम गर्न समस्या भयो, त्यसैले ब्लड बैंकसँग समन्वय गरेर बैंकमा नै रक्तदान गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो,’उनले भने,‘सोही निर्णय अनुसार संघले सबैमा रक्तदानको लागि आह्वान गरेको हो ।’

संघले स्वेच्छिक रक्तदानको लागि नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरानस्थित ब्लड बैंकको ल्याण्डलाइन नम्बर र इञ्चार्ज सुवास सिंहको नम्बर पनि सार्वजनिक गरेको छ । स्वेच्छिक रक्तदानको लागि ९८४२०४१०४७ मोवाइल नम्बरमा र ०२५-५२०९६८ मा सम्पर्क गर्न पनि आह्वान गरेको छ ।