धरान: आज नयाँ बर्ष २०७७ सालको पहिलो दिन अर्थात बैशाख १ गते । बितेका बर्षको समिक्षा गर्दै आउदा दिनको लागि अझ उर्जा, उत्साह थप समेट्नुपर्ने दिन ।

नेपाली नयाँ बर्षलाई हरेक बर्ष हामी ज्यादै उत्साहजनकरुपमा स्वागत गछौं । तर, यसपाली परिस्थिति विल्कुल अलग छ । हामी नेपालीहरु मात्र होइन, विश्व नै यतिबेला कोरोना भाइरस(कोभिड १९)को महामारीको त्रासमा छ । तसर्थ, विगतका बर्षहरुमा जस्तो रमाउने, भेटघाट गरेर शुभकामना आदनप्रदान गर्ने बेला छैन ।

new-year2

देश लकडाउनको अवस्थामा छ । हामी सबै घरभित्रै सिमित छौं, र यो आवश्यकता पनि हो । यसो गर्दा संक्रमणबाट हामी जोगिन्छौं, परिवार जोगिन्छ र पुरै समाज पनि । हिजोआज सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अत्यावश्यक काम तथा सेवामा हिडेका व्यक्ति, सवारीबाहेक अन्य भेटिदैनन् । जो जहाँ छौं, त्यही बसौं । नयाँ बर्षको सबैलाई हार्दिक शुभकामना ! 

new-year new-year1 IMG_0109.psd IMG_0107.psd IMG_0106.psd IMG_0081.psd IMG_0082.psd IMG_0066.psd IMG_0103.psd IMG_0105.psd IMG_0063.psd IMG_0094.psd IMG_0096.psd IMG_0071.psd IMG_0083.psd IMG_0097.psd