नयाँ दिल्ली: छिमेकी मुलुक भारतले तीन साताको लागि लकडाउन पुनः बढाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिदै आगामी मे महिनाको ३ तारिख(वैशाख २१ गते) सम्मको लागि भारतले लकडाउन बढाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन बढाएको जानकारी दिएका हुन् । उनले सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाएको बताए ।

भारतले २५ मार्चदेखि लागू हुनेगरी २१ दिनका लागि लकडाउन घोषणा गरेको थियो । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हाल १० हजार ४ सय ५३ संक्रमित पुगेको छ भने ३ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ ।