काठमाण्डौ: बेलायतमा लकडाउनको समय तीन साता थपिएको छ ।

विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन कम्तीमा तीन साता लकडाउन थप्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ । प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ ।