धरान: लकडाउनले जनतालाई सास्ती दिएको भन्दै धरान १८ का हर्क साम्पाङ्गले ७ बुँदे माग सरकार समक्ष पेश गरेका छन् ।

उनले शनिबार धरानको भानुचोकमा पत्रकारहरु सामु लिखित माग पत्र सार्वजनिक गरेका हुन् । आफ्नो माग पत्र तीन तहकै सरकारको लागि भएको उनको भनाई छ । ब्यानरसहित भानुचोकमा उपस्थित भएका उनले आफ्ना माग पत्र पढेर सुनाएका थिए । साम्पाङ्गको माग पत्रमा कोरोनाको उपचारमा खटिएका चिकित्सकहरुलाई प्रयाप्त पिपिई उपलब्ध गराउन र कोरोना बाहेकका विरामीहरुको उपचारमा पनि ध्यान दिन साम्पाङ्गले सरकारसँग अनुरोध गरेका छन् । कोरोनाको प्रभाव नभएको ठाँउमा नाकाबन्द गरेर लकडाउनलाई सहज बनाउन उनको अनुरोध छ । लकडाउन अवज्ञा गरेको भन्दै निर्घात कुटपिट र अभद्र व्यवहार बन्द गर्नुपर्ने साम्पाङ्गको माग छ ।

harka-sangpang-p

यस्तै, विदेशमा र स्वदेशमै विभिन्न ठाँउमा अड्किएर बसेका नागरिकहरुलाई घरसम्म ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । यस्तै, उनले घर फर्कन चाहनेहरुलाई पनि विदेशबाट स्वदेश ल्याएर क्वारेन्टाईनमा राखेर सुरक्षित भए घर जान दिन र संक्रमित भए उचित उपचारको माग गरेका छन् ।साम्पाङ्गले राहत वितरणमा दलिय र जातिय विभेद नगर्न पनि माग गरेका छन् । उनले पाउनु पर्नेले राहत पाउनुपर्ने र नपाउनुपर्नेले पाउन नहुने आफ्नो माग पेश गरेका छन् । लकडाउनको मौकामा साना खुद्रा व्यापारीहरु मर्कामा परेको तर ठुला व्यापारीहरुलाई मात्र फाइदा भइरहेकोमा उनले गम्भीर ध्यानाकर्षण भएको नजाएका छन् । उनले सबै व्यापारीहरुलाई समान व्यवहार गर्न पनि माग गरेका छन् । कालाबजारी र भ्रष्टचार गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने पनि साम्पाङ्गको माग छ । साम्पाङ्ग गत मंसिरमा सम्पन्न धरानको मेयर पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार थिए । उनी अहिले सामाजिक अभियन्ताकोरुपमा धरानको विभिन्न मुद्दाहरुमा आवाज उठाउने गरेका छन् ।