धरान ः कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा १ सय जनाको मृत्यु भएको छ ।

यो संख्यासँगै सँगै भारतमा मृतकको संख्या १ हजार ३२३ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । यसैगरि, भारतमा एकैदिन थप २ हजार ४ सय ४२ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८ सय १९ जना उपचारपछि निको भएका छन् भने २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।