धरान: इटलीस्थित एक अस्पतालले कोरोना भाइरस(कोभिड १९)विरुद्ध पहिलो भ्याक्सिन तयार भएको दाबी गरेको छ ।
इटालीको समाचार एजेन्सी ‘एएनएसए’ले टकिस नामको एक फर्मले कोभिड–१९ विरुद्धको विश्वकै पहिलो भ्याक्सिन निर्माण गरेको दाबी गरेको हो।भ्याक्सिनमा मुसाको शरीरमा उत्पादन हुने एन्टीबडी समावेश गरिएको र त्यसले मानव कोषमा काम गर्ने दाबी एएनएसएको दाबी छ। यसबारेका भारतीय मिडियाहरुले पनि समाचार प्रसारण गरेको छ ।
उक्त समाचार एजेन्सीका अनुसार रोमको स्प्लान्जानी अस्पतालमा भ्याक्सिनको परीक्षण गरिएको छ। इटालीमा हालसम्म २ लाख १३ हजार कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये ८५ हजार निको भएका छन् भने २९ हजारको ज्यान गएको छ। रिपोर्टमा टकिसका सिईओ लुइगी ओरिकिसचियोले पहिलो पटक भ्याक्सिनका कारण मानव कोषमा कोरोना भाइरसको असर न्यूट्रिलाइज भएको दाबी गरेका छन्। टकिसले भ्याक्सिनको अनुसन्धान विना प्रचार चुपचाप गरेको जनाएको छ। उसले भनेको छ,‘आशाभन्दा फरक, उत्साहजनक र राम्रो समाचार परिणाम प्राप्त भएको छ।’
स्प्लान्जानी अस्पतालले गरेको परीक्षणलाई लिएर सिईओ ओरिकिसचियोले कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण गर्ने टकिस पहिलो कम्पनी भएको दाबी गरेका छन्। उनले टकिसले निर्माण गरेको भ्याक्सिन सफलतापूर्वक परीक्षण भइसकेको बताएका छन्। एन्टिबडीको विकास प्रक्रियाबारेमा उनले भनेका छन्, ‘परीक्षणका क्रममा मुसाको शरीरमा एन्डिबडी विकसित भयो। जसले मानव कोषलाई संक्रमित गर्नबाट रोक्न सक्छ।’ उनले इटालीमा विकसित भएको भ्याक्सिनको परीक्षण अहिलेसम्म बनेका सबै भ्याक्सिनभन्दा उन्नत रहेको बताएका छन्। तर, यसअघि इजरायलले कोरोनाविरुद्धको एन्टीबडी भ्याक्सिन विकास गरेको दाबी गरेको थियो । (एजेन्सीहरुको सहयोगमा)
                    
		
                                        
                                                                                                
                    
		


		
		
		
		



