धरान: कोरोना भाइरसको महामारीबाट बच्नको लागि सरकारले चैत्र ११ गते देखि लागु गरेको लकडाउनले आज पचासौं दिन पुगेको छ । पटक पटक गर्दैै सरकारले बढाएको लकडाउनको सिमावधि अहिले जेष्ठ ५ गतेसम्म तोकिएको छ ।

लकडाउनको कारण मानिसको जनजीवन कष्टर हुदै गएको छ भने उद्योगधन्दा, व्यवसाय धरासायी भएको छ । अहिले जोखिम हुन नदिन सुरक्षाका उपायहरु अपनाउदै सर्तसहित केही क्षेत्रलाई सरकारले खुला गरेको छ । औषधी नभएको कारण कोरोना भाइरस(कोडिभ १९) बाट बच्ने एक मात्र उपाय लकडाउन भएकोले यो विश्वभरि नै भइरहेको छ । धरानमा हिजोआज विहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न, तरकारी सामग्रीको पसल खुला गरिएको छ भने वैंक तथा वित्तिय संस्थाहरु दिनभर खुल्ने भएको छ ।

IMG_0252.psd

 

अहिले विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५६ हजार २४ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ८७ हजार ३ सय ३२ जना रहेको छ । यसै गरि निको भएर फर्किनेको संख्या १५ लाख २७ हजार ५ सय ११ जना छन् । नेपालमामा मात्र कोरोना भाइरसको संक्रमित संख्या १ सय ३४ जना पुगिसकेको छ । विदेशमा रहेका नेपालीहरुको मृत्यु भएपछि नेपालमै भने कोरोना संक्रमणको कारण कसैको ज्यान गएको छैन । लकडाउन शुरु भएदेखि आजको दिनसम्म धरानमा खिचिएका तस्बिरहरु:

IMG_9663.psd - Copy IMG_9850.psd - Copy IMG_0263.psd - Copy IMG_0188 - Copy IMG_9601.psd - Copy IMG_0187.psd - Copy IMG_0271.psd - Copy IMG_0200 - Copy IMG_0185.psd - Copy IMG_0183.psd - Copy IMG_0193.psd - Copy IMG_0262.psd - Copy

IMG_0178.psd IMG_0182.psd buddha chok pasal IMG_0170.psd IMG_0097.psd