धरान: धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिला कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै औपचारिकरुपमा ती महिलाको मृत्यु कोरोना भाइरसको कारण भएको जानकारी दिएको हो । सिन्धुपाल्चोक निवासी २९ बर्षीय ती महिलाको बिहिबार मृत्यु भएको थियो । शिक्षण अस्पतालमा नर्भल डेलिभरी भएकी उनी डिस्चार्ज भएर घर गएकी थिइन् । घरमा ज्वारो र श्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको थियो । त्यही उनको मृत्यु भएको हो ।

धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । थप उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेर मन्त्रालयले औपचारिकरुपमा उनको निधन कोरोनाले भएको जानकारी दिएको हो । यस्तै, कोरोना संक्रमितको संख्या पनि २८१ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ती दुवै धनुषाका २० र ६५ बर्षीय पुरुष भएको पनि विज्ञप्तीमा खुलाइएको छ । death