धरान: कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारेको छ । कोरोना भाइरसको कारण जारी लकडाउनले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । होटल व्यवासाय धरासायी अवस्थामा पुगेको छ । व्यवासीहरु निराश छन् ।

कोभिड १९ तथा लकडाउनले निराश नेपालका पर्यटन व्यवसायीहरुलाई भारतको पश्चिम वंगालस्थित ग्रामिण अन्तर्राष्ट्रिय पर्यटन विद् राज वसुले व्यवसाय धरासायी भयो भनेर नआत्तिन आग्रह गरेका छन् । साथै, उनले लकडाउन पछि नयाँ अवधारणा ओपन बजेटको आधारमा व्यवसाय चलाउन पनि सुझाव दिएका छन् । सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित कोभिड १९ ले पर्यटनमा परेको प्रभाव र आगामी प्रयासबारे भच्र्युल संवादमा वसुले यस्तो सुझाव दिएका हुन् ।

वसुका अनुसार अबको पर्यटन व्यवसायमा ग्राहक मैत्री मेनु तयार हुनुपर्छ । साथै होटलहरु पनि कोभिड १९ बाट सुरक्षित छ भन्ने वातावरण तयार गर्नुपर्ने उनले बताए । विगतमा जस्तो अब ग्राहकहरुलाई वेलकम ड्रिङ्स नभै बेसार पानी, अदुवा पानी खुवाउने परिपाटी बसाउनुपर्ने पनि उनको सुझाव छ । “पाहुना आउ“दा वेलकम ड्रिङ्क्सको ठाउ“मा बेसार पानी, अदुवा पानी खुवाउने परिपाटी बसाउनुपर्छ । कोठा, रिसेप्सन, शौचालय लगायतका ठाउ“मा सेनिटाइज गर्नुपर्छ, र ग्राहकलाई विश्वासको वातावरण बनाउन जरुरी छ,”वसुले भने ।

Photo---Tourism-2

लकडाउन पछि होटलहरु नाफामुलक नभै ग्राहकसँग भएको रकमको अनुसार ओपन बजेटमा चल्नुपर्ने अवधारणा उनले सुझाएका हुन् । अहिले नआत्तिन पनि व्यवसायीहरुलाई उनले आग्रह गरे । “अहिले अतालिनु भन्दा पनि लकडाउन पछि होटल नाफा मूलक नभै ग्राहकसंग भएको रकम अनुसार ओपन बजेटमा चलाउनु पर्छ”उनले भने । संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले स्वागत मन्तव्य गरेर संवाद शुभारम्भ भएको थियो । कार्यक्रमको सहजकर्ताका रुपमा कार्यसमिति सदस्य विष्णु बराल रहेका थिए ।

जुम एप्लिकेशनको माध्यमबाट गरिएको सो कार्यक्रमका नेपालका धेरै स्थानका पर्यटनकर्मीहरुको सहभागिता रहेको थियो । लकडाउनको अवस्थामा प्रविधिको प्रयोग गरि आयोजना गरिएको यो कार्यक्रम पर्यटनकर्मीहरुका लागि निकै फलदायी रहेको संघका महासचिव राजेश अग्रवालले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नंं. १ का पर्यटन संयोजक भवेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुके, अन्तुडा“डा होमस्टेका रुद्र घिमिरे, वाग्लुङका पर्यटनकर्मी निलेश राजभण्डारी, धरानका पर्यटन व्यवसायी वासुदेव वराल, रञ्जना झा, कर्ण राई, झापाका मनिषा चौलागाईं, खोटाङका राज लयालु, वसन्तपुरका प्रकाश श्रेष्ठ लगायतले आफ्ना जिज्ञासाहरु राखेका थिए । संघका कार्यसमिति सदस्य एलिना मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रम करिब २ घण्टा चलेको थियो ।