धरान: धरानका होटल व्यवसायीहरुले कोरोना भाइरसको कारण व्यवसाय नाजुक अवस्थामा पुगेकोले केही महिनालाई घरभाडा छुट गर्न घरवालाहरुसँग आग्रह गरेका छन् । साथै, होटल व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गरेर राहतको प्याकेज घोषण गर्न पनि उनीहरुले धरान उपमहानगरपालिकासँग माग गरेका छन् ।

होटल व्यवसायी समिति धरानले शुक्रबार होटल गजुर प्यालेसमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले केन्द्र सरकारसँग होटलको नाममा रहेको बैंक ब्याज छुट गरिदिन र कोरोना भाइरसको प्रभाव रहुन्जेल बैंक किस्ताको लागि तगादा नगर्न तथा किस्ता सहुलियत गरिदिन पनि माग गरेको छ । धरानका अधिकांश होटलहरु भाडामा सञ्चालित छन् । विगत केही समयदेखि नै पर्यटन व्यवसायमा गम्भीर संकट आइरहेको र वर्तमान समयमा विश्वव्यापी कोरोनाको कारण व्यवसाय झनै नाजुक अवस्थामा पुगेकोले यस्तो माग गर्नुपरेको समितिका संयोजक मनोजकुमार मेन्याङ्बोले जानकारी दिए ।

समितिले राहत प्याकेज घोषणा तथा कर, शुल्क, दस्तुरहरु छुट गर्न स्थानीय सरकार(उपमहानगरपालिका)सँग माग गरेको छ । होटल व्यवसाय धरासायी भएर आफ्ना कर्मचारीहरु पाल्न सक्ने अवस्थमा पनि नभएको व्यवसायीहरुले बताए । समितिले होटल व्यवसाय एकदमै नाजुक अवस्थामा भएकोले स्थानीय, प्रदेश र केन्द्र तीन तहकै सरकारसँग अलग अलग माग राखिएको सचिव वासुदेव बरालले जानकारी दिए । 

 समितिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार (धरान उपमहानगरपालिका) समक्ष राखेका मागहरु:

संघीय सरकारसमक्ष:

१) होटेलका नाममा रहेको बैंक व्याज छुट गरिदिनु हुन ।
२) कोरोना भाइरसको प्रभाव रहुन्जेल बैंक किस्ताका लागि तगादा नगर्न तथा किस्ता सहुलियत गरिदिनु हुन ।
३) धरानको पर्यटन विकासका लागि पूर्वाधारमा लगानीका लागि मन्त्रालय तथा विभागमा एवं पर्यटन वोर्डमा समन्वय गर्दै लगानी गरिदिनु हुन ।
४) धरानको पर्यटन विकासका लागि यस समितिलाई साझेदारका रुपमा सुचिकृत गर्दै संघीय सरकारबाट यस क्षेत्रमा हुने लगानी तथा कार्यक्रममा साझेदारका रुपमा लिनु हुन ।

प्रदेश सरकारसमक्ष :

manoj-menyambo-hotel
१) प्रदेश सरकारले घोषणा गरेको धरानलाई पर्यटन क्षेत्र घोषणा कार्यक्रम तुरुन्त लागु गर्न हुन ।
२) प्रदेश सरकारले निर्णय गरेको धरानमा पर्यटन निर्देशनालय कार्यालय स्थापना गर्ने कार्यक्रम तुरुन्त लागु गर्नु हुन ।
३) पर्यटन क्षेत्र घोषणा भएपछि सो अनुसारको पूर्वाधार विकासमा लगानी गर्न हुन ।
४) प्रदेश सरकारले आयोजना गर्ने बैठक, सभा, तालिम, गोष्ठीलाई प्रदेश राजधानीमा मात्र केन्द्रिकृत नगरी त्यस्ता कार्यक्रमहरु धरानमा समेत आयोजना गराउन हुन ।
५) प्रदेश नं. १ को पर्यटकीय नक्सा, गाइड बुक, पर्यटकीय बुकलेट प्रकाशन गर्न हुन ।
६) धरानलाई माउण्टेन टुरिजमको हबका रुपमा विकास गर्न हुन ।
७) प्रदेश नं. १ को पर्यटकीय प्रोडक्टहरु चाडो छनौट गरी सो अनुकूल प्याकेजिङ, मार्केटिङ र टार्गेट ग्रुप पहिचानको कार्यक्रम लागु गर्न हुन ।
८) धरानबाट कोलकाता, धरानबाट पटना, धरानबाट गान्तोक एवम् क्रस बोर्डर यातायात संचालनको पहल गर्दै यातायात सञ्चालन चालु गर्न हुन ।
९) धरानलाई पर्यटकीय क्षेत्र घोषणा गरेको हुनाले पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा प्रदान गर्दै विशेष पर्यटकीय गतिबिधी हुने क्षेत्रमा राती १२ बजेसम्म व्यवसाय संचालन गर्ने वातावरण निर्माण गर्दै सो क्षेत्रमा १२ बजेसम्म निर्बाध व्यवसाय संचालन हुने गरी शान्ति सुरक्षा प्रदान गर्न हुन ।

स्थानीय सरकार (उपमहानगरपालिका) समक्षः
१) धरानको पर्यटन व्यवसाय गम्भीर संकटमा परेको हु“दा यहा“को पर्यटन व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गर्दै सो को निवारणका लागि तुरुन्त राहत प्याकेज घोषणा गर्न तथा कर, शुल्क, दस्तुरहरु छुट गराइदिनु हुन ।
२) धरानलाई प्रदेश नं. १ को पर्यटनको हब निर्माणमा पहल गर्न हुन ।
३) धरानमा तत्काल पर्यटक सूचना केन्द्र स्थापना गर्न हुन ।
४) धरानको पर्यटन विकास र प्रवर्धनका लागि यो समितिलाई साझेदारका रुपमा सूचिकृत गर्दै सहकार्य गर्न हुन ।
५) धरानभित्र र धरान वरपरका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी धार्मिक, पर्या–पर्यटन, सांस्कृतिक, साहसिक पर्यटन क्षेत्र पहिचान गर्दै सूचीकरण गर्न तथा ती क्षेत्रको विकासमा योजनाबद्ध लगानी गर्न हुन ।
६) धरानका होटलहरु खानेपानीको अभावमा समस्याग्रस्त रहेकोले एकिकृत सहरी विकास आयोजनाबाट चालु भएको खानेपानी धरानका होटलहरुमा तत्काल वितरणको प्रबन्ध गर्न हुन तथा होटलहरुलाई आवश्यकता अनुसार धारा प्रदान गर्न हुन ।
७) नगर क्ष्ँेत्रमा संचालन हुने सार्वजनिक यातायातको व्यवस्थापन तथा भाडादरमा एकरुपता लागु गराउन हुन । ती यातायात चालक तथा यातायातकर्मीहरुलाई पर्यटकमैत्री बनाउने वातावरणको कार्यक्रम संचालन गर्न हुन ।
८) धरानको विकास तथा पर्यटन विकासका लागि दीर्घकालीन दृष्टि तथा माष्टर प्लान तत्काल निर्माण गर्दै माष्टर प्लान अनुसार कार्यक्रम संचालन तथा पूर्वाधार निर्माण गर्न हुन ।
९) धरान १५ मा रहेको बगरकोटलाई रात्रीकालीन पर्यटकीय गतिबिधी सञ्चालनयोग्य क्षेत्रका रुपमा घोषणा गर्दै सो क्षेत्रमा रात्री १२ बजेसम्म पर्यटकीय गतिबिधी,व्यवसाय संचालनको वातावरण तयार गर्दै शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्ने वातावरणका लागि पहल गर्न हुन ।
१०) धरान आउने पर्यटकको बसाइ लम्याउन तथा सांयकालीन गतिबिधी सञ्चालन गर्दै पर्यटकको मनोरञ्जन तथा अतिरिक्त पर्यटकीय क्रियाकलाप तथा साना व्यवसायीहरुको आर्थिक सुदृढीकरण गर्दै नगरको आय समेत बढ्ने गरी धरानको भानुचोकमा रात्रीकालीन बजार संचालनको योजना तत्काल लागु गर्न हुन ।
११) वर्तमान कोरोना भाइरसको संक्रमणबाट विश्वमा नै आइपरेको समस्याले धरानको होटल व्यवसाय अत्यन्त संकटमा परेको हुनाले व्यवसाय सञ्चालन गर्न नसक्ने भएको कारण बहालमा घर लिएर बसेका होटलहरुको राहतका लागि सम्बन्धित घरधनीहरुले यो समस्या अवधिका लागि घरभाडामा छुट गरिदिने वातावरण तयार गरिदिनु हुन ।