धरान: सरकारले सबै स्थानीय तहमा एक कृर्षि, एक पशु प्राविधिक राख्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । यस्तै, सरकारले २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब बजेट अनुदानको व्यवस्था गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई आधुनिकीकरण कार्यक्रमलाई पुर्नसंरचना गर्दै एक स्थानीय तहमा एक पकेट क्षेत्र बनाउन ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै, रासायनिक मलको अनुदानको लागि ११ अर्ब बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री डा.खतिवडाले जानकारी दिए । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप २ लाख रोजगारी सिर्जना गर्ने गरी ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ भने विभिन्न सिप विकासको लागि ५ अर्बभन्दा बढी खर्च गर्ने घोषणा पनि गरेको छ । यस्तै, उखु उत्पादकलाई अनुदान दिन सरकारले ९५ करोड विनियोजन गरेको छ भने लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।