इटहरीः इटहरीका व्यापारी व्यवसायीले आफ्ना पसलका सामानको म्याद गुज्रिद लागेको भन्दै ठुलो क्षती हुनबाट जोगाउन पसल खोल्न दिन माग गरेका छन् । कोभिड १९ को जोखिमका कारण दुइ महिला बढि समय देखि बन्द बजार पसल खुुलाएर सीमित समय निर्धारण गरिदिए थप नोक्सान हुनबाट बचिने व्यवसायीको भनाई छ ।

इटहरी उद्योग वाणिज्य सँघकी कोषअध्यक्ष एवंम रेडिमेन्ट कपडा विक्रेता गायत्री कटुुवालले मुुख्य चौक आसपास लाखौँ भाडा तिरेर व्यापार गर्ने व्यवसायी चौतर्फी मारमा परेको भन्दै सरकारले विकल्प दिएर खोल्न दिनुुपर्ने बताइन् । उनले खाद्यान्न जस्तै कपडा पनि अतिआवश्यकीय वस्तुु भित्र पर्ने भन्दै यतिका समय मानिसहरुले लुुगा किन्न नपाउँदा समस्यामा परिरहेको बताइन् ।
रेडिमेन्ट, खुुद्रा र सुनचाँदी पसल सँचालन गर्ने व्यवसायीको मोटो रकम व्यवसायमा डुब्ने अवस्था आएको भन्दै व्यापारीलाई टाट पल्टिनबाट जोगाउन सरकारसँग माग गरिन् । ‘हामीलाई सामाजिक दुरी कायम गर्दै सरकारका न्युनतम स्वास्थ्य सजकता अपनाएर पसल खोल्न पाउनुुपर्यो ।’ कटुवाले भनिन् ‘यतिका समय पसल नखोज्दा कति मुसाले काट्यो होला, म्याद सकिन लाग्यो होला ।  लकडाउन लम्बिदै गए समस्या थपिदै जाने देखियो ।’

ita

उनले पसलका सामान बेच्न नपाएका पीडा त छ नै घरभाडा र बैँकको किस्तासमेत तीर्न नपाउँदा सबैतर्फबाट समस्यामा भएको उनले बताइन् । कुटावालका अनुसार इटहरीमा मात्र करिब ५ सय रेडिमेन्ट पसल रहेका छन् ।

यता व्यवसायीहरुको छाता संगठन इटहरी उद्योग वाणिज्य संघले भने सबै वस्तुुगतसंगठनसँग समस्याको बारे छलफल चलाएको छ भने आजै बैठक बसेर स्थानीय सरकार र प्रशासनसँग समन्वयको लागि माग गर्ने भएको छ ।

संघका महासचिव पिताम्बर पोख्रेलले पालिकासँग व्यवसायीक कर छुुटमा माग गरिरहे पनि इटहरी उपमहानगरपालिकाले कुनै सुन्वाइ नगरेको भन्दै आज बस्ने बैठकमा मुुख्य एजेण्डा नै व्यवसायीक कर छुटमा सरकारलाई दबाब दिने रहेको जानकारी दिए ।

पोख्रेलले इटहरीमा पसल सँचालन गर्न दिएका घरधनी र बैंकका व्यवस्थापकसँग पनि छुु्ट्टाछुुट्टै छलफल चलाउने तयारी रहेको जानकारी दिए । ‘इटहरी क्षेत्रमा रहेका व्यवसायीको मार्काको विषयमा बैँकको केन्द्र सम्म जानकारी पुुगोस् भन्ने हेतुले हामीले यस्तो छलफल चलाउन लागेका हौँ ।’ उनले भने ।  

जेठ २० पछि सरकारले लकडाउनको मोडेल परिवर्तन गर्ने जनाइ रहँदा इटहरीका व्यवसायीले भने कुनै हालतमा बजार पसल खुलाउनुुपर्ने बताउँदै आएका छन् । यता व्यवसायीक सँस्थाका पदाधिकारीले भने सरकारको नियम मान्दै स्वास्थ्य सचेतना अपनाएर कसरी व्यवसाय संचालन गर्न सकिन्छ भन्नेतर्फ लागिएको बताएका छन् ।
‘व्यापारीसाथिहरुको जेठ २० पछि कसै गरि पसल खोल्न पाउनुपर्ने चौतर्फी दबाब छ । हामी स्थानीय पालिका र प्रशासनको राय लिएर व्यवसायीको हित हुने निर्णय गर्नेछौँ ।’ पोख्रेलले भने ।

Itahari bayapri meeting click dharan 2

अहिलेसम्म इटहरीमा एक व्यक्तिमा कोरोना सँक्रमण भएको पुष्टि भएको छ । इटहरी दुुइ का ति युवा सँंक्रमित हुँदा ५ दिन पुुर्ण रुपमा इटहरीको बजार पसल बन्द रहेपनि हाल खाद्यान्न लगाएतका अतिआवश्यकीय वस्तुु बिक्रि गर्ने पसल खुल्ला रहेका छन् भने अरु दिन भन्दा लकडाउन लचिलो रहेको छ । मानिसको आवतजावत सहज भएको देखिन्छ । प्रहरीले मुुख्य राजमार्गको जाँचलाई कसिलो बनाउन छाडिदिएको छ ।