धरान ४ स्थित दानावारी पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो । चिसो मौसमले मात्र होइन, यहाँबाट धरानको प्रायः सबै क्षेत्र एक साथ देख्न सकिने भएकाले पनि दानावरीप्रति धरान बजार क्षेत्रका मानिसहरुको आर्कषण बढ्दो छ ।

दानावारी समुन्द्र सतहदेखि करिव १ हजार २ सय मिटरको उचाईसम्म फैलिएको छ । धरान उपमहानगरपालिकाको पर्यटन समितिले धरानको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावित वडाको सुचीमा राखे पछि दानावारीको चर्चा प्रदेश १ सरकारसम्म चुलिएको छ । चर्चासँगै धरान आसपासको क्षेत्रबाट यहाँ घुम्न आउनेहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । यस क्षेत्रमा प्रायः राई, तामाङ्ग र मगर जातिहरुको वसोवास रहेको छ ।

danabari (2)

धरानको पर्यटन समितिले विकासका योजनाहरु अघि सारेपछि प्रदेश १ सरकारको बजेटबाट दानावारी र हर्दिया आसपास क्षेत्रमा भ्यु टावर, मनमोहन स्मिृति पार्क, प्याराग्लाइडिङ्ग उडानस्थल, पद मार्ग जस्ता पुर्वाधारहरु धमाधम निर्माणको क्रममा छ । धरानदेखि हर्दिया, सेर्गे, जामुने र काम्फेक भेडेटारसम्मको करिव २० किलोमिटर दुरीको पदमार्ग भने निर्माण भइसकेको धरान उपमहानगरपालिका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्गले जानकारी दिए । पदमार्ग एक रात दुई दिनको हुनेछ ।

धरानदेखि करिव १३ कि.मि दुरिमा पर्ने सेरगेमा एक रात बसेर भोलिपल्ट पदमार्ग पुरा गर्दै फर्कन सकिने थुलुङ्गले बताए । दानावारीसंगै आसपासका क्षेत्र गढि थुम्की, सेरगे, हर्दियालाई जोडेर पर्यटकिय क्षेत्रको रुपमा विकास भइरहेको छ । यस क्षेत्रमा स्थानीयहरुसँग सहकार्य गरेर होम स्टेको अवधारणा समेत अघि वढाउने धरान पर्यटन समितिको योजना रहेको छ ।

अघिल्लो वर्षको आर्थिक वजेटबाट धरान १५ निराजन वस्तीदेखि दानावारी, हर्दिया, ढाडे, तेलनपुर हुदै धनकुटा जिल्लाको कन्या पोखरीसम्मको सडक निर्माण कार्य भइरहेको छ । आउदो आर्थिक वर्ष सम्ममा कालो पत्रेसहितको सडक निर्माण हुने भएपछि स्थानीयहरु पनि औधी खुशी छन् ।

danabari (3) danabari (4) danabari (7) danabari (5) danabari (8) danabari (6) danabari (10) danabari (1)