धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुद क्षेत्रको पुर्वाधार विकासको लागि ३० करोड बजेट विनियोजना गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासको लागि ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । साथै उनले प्रदेश खेलकुद बोर्ड गठन गर्ने पनि जानकारी दिए । साथै, धरानमा खेलकुद ग्रामको योजनालाई पनि निरन्तरता दिइएको मन्त्री आङ्बोले जानकारी दिए । प्रदेश सरकारले चालु आर्थिक बर्षमा पनि धरानमा खेलकुद ग्रामको लागि बजेट विनियोजन गरेको थियो । खेलग्रामको लागि डिपिआर तयारी भइरहेको छ । 

budget-sports