इटहरीः सुनसरीको इटहरी रंगाशालमा सुविधासम्पन्न प्यारापिट बनेपछि ठुला खेलका लागि खचाखच हुने दर्शकलाई निकै सहज हुने भएको छ ।

यस अघि सिमेन्टको सँचरनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको सुविधा सम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउने छन् । ‘खेल संरचना बन्दा खेलकुदको समग्र विकासमा प्रत्यक्ष प्रभाव पर्छ नै,’जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले भने– ‘अब क्षेत्रीय रंगाशालाको परिचय पाएको  यस ठाउँमा ठुलाठुला प्रतियोगीता सँचालन गर्दा दर्शक कहाँ राख्ने भन्ने दुविधा टरेको छ । ’

clickdharan itahari rangashala (1)

जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुराेध थापा

६ महिना अघि एक वर्षमा सम्पन्न गर्ने जिम्मेवारी लिएको मलेसियन कम्पनीले नेपाली निर्माण कम्पनीसँग जोयन्डभेन्चरमा काम गरेको हो । २२ करोडको लागतमा निर्माण भएकोउक्त प्यारापिटको फ्रेन्च र मलेसियन नागरिकले टेक्निकल काम गरेका थिएन भने बाँकि नेपाली कामदारले सँरचनाको जडान गरेका थिए । नयाँ प्यारापिटमा ३५ सय दर्शक अँट्न सक्नेछन् भने यसको पछाडीतर्फको भागमा खेलाडीका लागि चेन्जिङ रुम, भिआइपी लाउन्च, पोस्ट म्याच कन्फ्रेरेन्स , सुविधा सम्पन्न शौचालयहरु लगाएतका वातावरण अनुकुलित कोठाहरु हुनेछन् ।

संरचना निर्माण भएपछि पूर्वको खेल क्षेत्रको विकास हुने सुनसरी एन्फा अध्यक्ष केसव कार्कीको भनाई छ  । उनले स्थानीय सरकारले समेत यस क्षेत्रको विकासका लागि विशेष ध्यान दिन अनुरोध गरेका छन् ।

clickdharan itahari rangashala (2)

एन्फा सुनसरी अध्यक्ष केसव कार्की

सुविधासम्पन्न संरचनाले खेलाडीको मनोमल उच्च राख्ने एउटा आधार पनि हो । विभिन्न अन्तराष्ट्रिय मञ्चको अनुभव लिइसकेका नेपाली फुटबल टीमका पूर्व खेलाडी सुरेन्द्र तामाङले सँचरनाको विकास सँगै खेलाडी उत्पादनतर्फ पनि ध्यान दिनुुपर्ने तर्क गर्छन् ।

clickdharan itahari rangashala (3)

पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ

स–साना घरेलु लिग देखि राष्ट्रिय प्रतियोगीता हुँदा दर्शकलाई बस्न सिमेन्तको संरचना भए पनि त्यो अपर्याप्त हुँदा  खर्चिलो र असुरक्षित तबरको बाँसको प्यारापिट समेत बनाउने प्रचलन थियो । तर अब सुरक्षित र अत्याधुनिक प्यारापिट बने पछि रंगंशालाको दर्शक क्षमता बढेर ८ हजार पुगेकोछ । यसले रंगशालाको सौन्दर्यमात्र दिएको छैन दर्शक थपिने भए पछि खेलाडीलाई थप हौसला समेत मिल्नेछ ।

क्षेत्रीय रंगशालाको रुपमा घोषणा भएको इटहरी रंगशाला हाता भित्र दर्जन बढि खेल सँचरनाहरु बनेका छन् । यसको सुरक्षाका लागि प्रदेश सरकारले विनियोजन गरेको १ करोडकोलागतमा तारबार समेत निर्माण भइरहेको छ ।