एजेन्सी: उत्तर प्रदेशमा ८ जना प्रहरीको हत्या गरेको घटनाका मुख्य अभियुक्त विकास दुबेको इन्काउण्टरमा मृत्यु भएको छ ।

दुबेलाई हिजो मध्यप्रदेशको उज्वेनबाट प्रहरीले पक्राउ गरेको थियो । करिब एक साताअघि कानपुरमा ८ जना प्रहरीलाई गोली हानी हत्या गरिएको थियो । उक्त घटनाका मुख्य अभियुक्त दुबे थिए । त्यसघटना पछि दुबे फरार थिए भने उनका मुख्य सहयोगीहरुको प्रहरीले इन्काउन्टर गरेको थियो । दुबेलाई मध्यप्रदेशबाट स्पेशल टाक्स फोर्सले लिएर कानपुर लैजाने क्रममा भारी बर्षाले गर्दा गाडी पल्टेको थियो । त्यही मौकामा भाग्न खोजेपछि दुबेलाई गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

bikas-dubey

कानपुरका आइजी मोहित अग्रवालका अनुसार घटनामा ४ जना प्रहरी घाइते भएका छन् । दुबेको मृत्युप्रति थुप्रै प्रश्न पनि उब्जेको छ । तर प्रहरीले भने कानपुर पुगेलगत्तै गाडी पल्टिएपछि प्रहरीको पेस्तोल लिएर दुबे भाग्ने कोसिस गरेका थिए । प्रहरीले घेरा हालेर आत्मसर्मपण गर्न चेतावनी दिदा गोली चलाएपछि जवाफमा फायरिङ गर्नुपरेको जनाएको छ ।