धनकुटाः बन्दाबन्दीले तयारी बन्दाकोभी विक्रि नभएपछि किसानले बारीमै कुहाएका छन् । जिल्लाको छथर जोरपाटी र महालक्ष्मीको करिव १ हजार हेक्टरमा व्यवसायीक तरकारी खेती गरिन्छ, जसमा आलुपछि बन्दाकोभी यहाँको मुख्य उत्पादन हो ।
४ महिना देखि जारी बन्दाबन्दीले दुुइ सिजनका तरकारी किसानले बेच्न पाएका छैनन् भने बेच्न ठिक्क पारेको बन्दाकोभी कसैले नलगिदिएपछि मुुख्यआम्दानीको  स्रोत गुमेको छ । यहाँले किसानको भातभन्सामै प्रभाव पुुग्ने गरि निम्तिएको समस्याले किसानहरु आत्तिएका छन् भने अब कसरी दैनिकी चलाउने समस्यामा परेका छन् ।
‘यस अघि साग र मटर पनि विक्रि भएन’ छथर जोरपाटी ६ की किसान शुष्मा थापले भनिन् ‘तरकारी लगाउँदाको खेताला, मल र बीउको पैसा समेत उठाउन पाइएन । अब कसरी घरखर्च चलाउने मुस्किल भएको छ ।’ उनले वार्षिक ६ लाखसम्मका बन्दाकोभी मात्रै विक्रि गर्थिन । सँधै कम्तिमा ७ रुपैयासम्म प्रतिकेजि हुने बन्दा यो पटक भने २ रुपैयामा दिँद पनि कसैले नलगेको उनको गुनासो छ ।
उनिसहित गाउँका सबै किसानले बन्दा हँसियाले काटेर बारीमै मल होस् भन्नका लागि कुहाएका छन् भने कत्ति त्यसै बोटैमा कुहिएका छन् ।
खनजोत गर्न अप्ठ्यारो हुँदा त्यसै दिँदासमेत कसैले नलगिदिएको थापाकी छिमेकी दिलमाया खड्काले गुनासो गरिन् । ‘४ केजीसम्मका बन्दा फलेका थिए, कसैले नकिनिदिएपछि बारीमै फाँड्यौँ ।’ खड्काले भनिन् ‘अहिले कुहिएको बन्दा गन्हाएर बारीमा जानै नसकिने भएको छ ।’

bandakobhi
यहाँ उत्पादित बन्दाकोभीको मुुख्य बजार पूर्वी तराईका शहर र भारतको पश्चिम बंगाल तथा विहारका विभिन्न शहर हुन् । लकडाउनले यतायात ठप्प भएपछि बजारसम्म पहुँच नभएका किसानको लगानी खेर गएको छ भने तरकारीकै आम्दानीमा भर पर्ने किसानलाई दैनीक खर्च टार्नै मुस्किल भएको छ ।
२०४८ सालदेखि व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेका किसानको तरकारीका दुुइ सिजन खेर गएको छ भने लाखौं आम्दानी गुमेको छ । यस अघि हरियो मटरकोसा, रायाको साग लगाएका तरकारीको किसानले मुल्य नपाएको उद्योग वाणिज्य सँघ धनकुटाका सदस्य तथा छथरजोरपाटीका व्यवसायी नवीन श्रेष्ठ बताउँछन् ।
अचम्म त के छ भने अहिले गाउँ नजिकको सिँधुवा बजारमा तराईमा उत्पादित तरकारी सहज रुपमा पाइन्छ । तर, बजार छेउका गाउँका किसानको वारीमा तरकारी कुहिएको छ भने बजारिकरणका लागि कसैले सहयोग गरेका छैनन् ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मि नगरपालिकाको करिव १ हजार हेक्टर क्षेत्रफलमा लगाइएको २ करोड मुल्य बराबरको बन्दाकोभी खेर गएको सिँधुवा कृषि भण्डारका प्रबन्धक मेघेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा वार्षिक ३२ करोड मुल्यको तरकारी विक्रि हुन्छ ।