धरान: निरन्तर बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले आज मान्छे बगाएर वेपत्ता पारको छ ।

सर्दु खोलाको बाढीले धरान १३ बाट रामबहादुर बस्नेतलाई बगाएर वेपत्ता पारेको हो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार धरान १३ को राई टोलबाट सर्दु खोला पार गर्ने क्रममा बस्नेतलाई बगाएको हो । उनी पारी पट्टी रहेको गोठमा जाने क्रममा सर्दुले बगाएको ओलीले बताए । ‘अरुकोमा काम गर्दै हिड्ने रहेछन् । धरान १३ को राई टोलबाट खोला पारी गोठमा जाने क्रममा बगाएछ,’उनले भने ।

वेपत्ता बस्नेतको खोजी कार्य भइरहेको तर नभेटिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । खोलामा बाढी आइरहेकोले नभेटिएको उनले बताए । ‘हाम्रो प्रहरी टोलीले खोजी गरिरहेको छ, तर भेटिएको छैन । खोलामा बाढी पनि आइरहेकै छ,’उनले भने ।