नयाँदिल्ली: केरलको कालिकट विमानस्थलमा शुक्रबार साँझ एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।

दुबईबाट आएको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कोरोनाको कारण दुबईमा फसेका भारतीयलाई उद्दार गरेर ल्याएको विमान दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । दर्जन भन्दा बढी घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।सो विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा दुई टुक्रा भएको बताइएको छ । विमान चालक दलसहित १९१ जना सवार थिए ।